पक्राउ परेका मंगाेलियनका ५ कार्यकर्ताहरू बिरूद्ध सार्वजनिक मुद्धा

धरान / सर्वसाारणलाई जग्गा दिन्छु भन्दै झुक्याई सदस्यता बनाउने नेशनल मंगोलियन अर्गनाइजेशनका ५ जनालाई प्रहरीले सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा दायर गरेको छ ।

वैसाख ३१ गते कोशी टपुमा जग्गा उपलब्ध गराइदिने भन्दै ४ सय भन्दा बढीलाई सदस्यता बनाउने अर्गनाइजेसनका जिल्ला काजीमान राई, नरेन्द्र थुलुङ, प्रेमबहादुर लिम्बु, रमा राई र दिलु राईलाई सर्वसाधारणलाई झुक्याई पार्टीको सदस्यता बनाउदै गरेको समयमा अर्गनाइजेसशनको धरान १५ पार्टीका कार्यालयबाट उनीहरुलाई प्रक्राउ गरेको थियो ।

उनीहरुले सर्वसाधारणलाई झुक्याई ठगी गरेको पाइएकोले सार्वजनिक मुद्दा दायर गरी अनुसन्धानलाई अगाडि बढाइएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिससपी रामेश्व पौडेलले बताउनुभयो । उनीहरुको कार्य शंकास्पद भएकोले प्रहरी यसमा कडाईका साथ अनुसन्धानमा लागेको उहाले बताउनुभयो ।

प्रहरीले सोही दिन उनीहरुसहित उनीहरुले पार्टी सदस्यता बनाउन प्रयोग गर्ने ८२ वटा फर्म बरामद गरेको थियो । डिएसपी पौडेलले यही विषयमा धरान ६ की चन्द्रकुमारी तामाङ, धरान ३ की माया तामाङ र धरान २ की वृहसमाया तामाङले त प्रहरीमा आफु ठगिएको भन्दै लिखित बयान नै दिएको बताउनुभयो । बयानमा सदस्यता शुल्क ५० रुपैया लिने गरेको र सदस्यता बनेवापत कोशी टप्पुमा जग्गा उपलब्ध गराइदिने आवश्वासान दिने गरेको पीडितको भनाई उद्यत गर्दे डिएसपी पौडलले बताउनुभयो । उहाले यस विषयमा थप अनुसन्धान भइरहेको समेत जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया