अफगानिस्तानमा अपहरित छजना विदेशीको खोजी जारी

 अफगानिस्तान / अफगानिस्तानको उत्तरी बाघलान प्रान्तको राजधानी पुल–ए–खुमरीमा गएको आइतबार अपहरणमा परेका छ जना विदेशीलाई अझै मुक्त गरिएको छैन । शसस्त्र समूहका भनिएका केही अज्ञात व्यक्तिले उनीहरूका चालकलाईसमेतलाइण् अपहरण गरी लगेको स्थानीय अधिकारीले बताएका थिए ।

अधिकारीहरुले ती नागरिकलाई सुरक्षाकर्मीले व्यापक रुपमा खोजी गरिरहेका र अहिलेसम्म पनि मुक्त गर्न नसकेको बताएका छन् ।विद्युत कम्पनीको उप–केन्द्रमा कार्यरत ती विदेशी प्राविधिकको समूहलाई विहानै आएका सशस्त्र समूहले काम गर्न जाने क्रममा अपहरण गरेर अज्ञातस्थलतर्फ लगेका थिए ।

यहाँका प्रहरी प्रवक्ता जाबिहुल्लाह सिजाले सञ्चारकर्मीलाई दिनुभएको जानकारीअनुसार उनीहरुलाई अपहरण गर्नेले पनि त्यसको जिम्मेवारी लिएको छैन र प्रहरीले मुक्त गर्न पनि सकिरहेको छैन । उहाँले प्रहरीले उनीहरुलाई खोजी गरिरहेको जानकारी दिनुभएको छ ।

उहाँले अपहरणमा परेका विदेशी कुन देशका थिए भन्ने बिषयमा केही खुलाउन चाहनु भएन । उनीहरूको राष्ट्रियताबारे नबताइकनै अधिकारीहरूले अपहरणमा तालिवान लडाकूको हात रहेको बताएका छन् । प्रहरी प्रवक्ता सिजाले भन्नुभयो, अपहरणमा तालिवान कमाण्डर मुल्लाह शाहेनको हात रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ, तर यसको एकिन भने भएको छैन ।

तपाईको प्रतिक्रिया