विश्व अर्थतन्त्र सुधारको समय

न्युयोर्क / सन् २०१५ मा संयूक्त राष्ट्रसंघका सदस्य राष्ट्रको एक भेलाले आर्थिक तथा सामाजिक विकासका लागि दीगो विकास लक्ष्यका लागि विभिन्न १७ आधार स्थापना गर्ने प्रतिवद्धता जनाए ।

गरीबी निवारण, भोकमरीको अन्त्य, जलवायु परिवर्तनसम्बन्धि समस्याको सामना, मजबुत संरचनाको निर्माण र समावेशी तथा दीगोे आर्थिक विकासका कार्यक्रमलाई प्रोत्साहन गर्नेलगायतका उद्देश्य प्राप्त गर्न दीगोे विकासका लागि लगानी अपरिहार्य शर्त हो । प्रतिवद्धता भएको तीनवर्ष भइसक्दा पनि दीगोे विकासका लागि हाम्रो वित्तीय प्रणालीलाई लाभ हुने प्रशस्त आधार तय हुनसकेका छैनन् ।

झण्डै ६० अन्तरराष्ट्रिय निकाय र संघसंस्थाको समन्वयमा राष्ट्रसंघले हालै लगानी, नीति र दीगोे विकास लक्ष्यका लागि कार्ययोजना सार्वजनिक गरेको छ । यसले दीगोे लगानीका लागि सकारात्मक गति त सिर्जना गरेको छ, तर जतिवेलासम्म समग्र वित्तीय प्रणालीलाई दीर्घकालीन लगानीको क्षितिजसम्म पु¥याउन सकिदैन वा दीगोे विकासलाई सबैको चासोको विषय बनाउन सकिदैन लक्ष्य प्राप्त त्यतिवेलासम्म सम्भव हुँदैन ।

दीर्घकालीन अवधारणाविना खासगरी जलवायु परिवर्तनसँग जोडिएका निश्चित जोखिममा निजी लगानीका निर्णयले आकर्षण पाउन सक्दैनन् । विश्वव्यापी वित्तीय प्रवाह व्यापक छन् तरपनि लगानीको स्तरले महत्व राख्छ । आजभोलि अल्पकालीन लगानीको ढाँचाले पूँजी बजारलाई डो¥याएको छ र विनिमय दर अस्थिर छ । यसले खासगरी विकासशील राष्ट्रका लागि स्वभाविकरूपमा दीर्घ लगानीको मूल्यलाई बढाइदिएको छ र जोखिममा पारेको छ ।

यदि हामीले विकासका दीर्घकालीन योजना पुलपुलेसा, सडक, खानेपानी तथा ढल निकास व्यवस्थामा लगानीलाई आकर्षित ग¥यौँ भने यसबाट विकास र स्थायित्वका लागि महत्वपूर्ण योगदान पु¥याउने छौँ । यी लगानी योजना बढीभन्दा बढी वातावरणीय तथा सामाजिकरूपमा दीगो हुनुपर्छ । खासगरी उर्जा प्रणालीमा भएको आजको लगानीले विकासको लक्ष्यलाई आगामी केही दशकसम्म अवरुद्ध पार्नेछ । लगानीलाई आकर्षण गर्नका लागि अहिले वा भविष्यमा पनि धेरै काम गर्नुपर्ने हुन्छ । हामीले जलवायु परिवर्तनको मुद्दालाई सम्बोधन गर्ने हाम्रो प्रयासमा वेवास्ता गर्नहुँदैन । यसबाहेक सबै आर्थिक नीतिका साथमा लैङ्गिक समानताका मुद्दा पनि विशेष चासोको विषय बन्नु आवश्यक छ ।

आर्थिक रूपान्तरण सहज हुने छैन । आजको पूँजीबजार व्यापकरूपमा अल्पकालीन देखिएका छन् । पूँजी प्रवाहमा देखिएको अस्थिरता र केही विकसित मुलुकका बजारको भण्डारण क्षमता सन् १९६० को दशकमा औसत आठ वर्षका लागि हुने गरेकोमा हाल आठ महिनामा झर्नु पक्कै पनि राम्रो सङ्केत होइन ।

तपाईको प्रतिक्रिया