नेपाल पुलिसलाई हराउँदै सुनसरी ११ सेमिफाइनलमा प्रवेश

उदयपुर / नेपाल पुलिस क्लबलाई ट्राइब्रेकरमा हराउँदै सुनसरी ११ उदयपुर रमपम गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । उदयपुरको सदरमुकामग गाईघाटस्थित थरूहट रंगशालामा मंगलबार भएको क्वार्टरफाइनल खेलमा सुनसरीले विभागीय टोली दमक गोल्डकपको विजेता नेपाल पुलिस क्लबलाई ट्राइब्रेकरमा ३–२ गोल अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

खेल निर्धाति समयमा ३–३ गोलको बराबरीमा सकिएको थियो । १५ मिनेटको थपिएको समयमा समेत दुबैले टिमले कुनै गोल गर्न नसकेपछि खेल ट्राइब्रेकरमा टुङ्गिएको थियो । नेपाल पुलिस क्लबको एक दमै फितलो पेनाल्टी प्रहारले खेल सुनसरी ११ ले जितेका थिए । पहिलो हाफ खेलको ६ मिनेटमा नेपाल पुलिस क्लबका जर्सी नं. १८ का राम वाइजुले गोल गर्दै खेलमा अग्रता लिए पनि २३ औं मिनेटमा सुनसरी ११ का जर्सी नं. ६ का सौजन याक्खाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । खेलको ४३ औं मिनेटमा सुनसरीका जर्सी नं. ११ का तिर्थ बस्नेतले गोल गरेपछि पहिलो हाफमा सुनसरी २–१ गोलको अग्रता रह्यो ।

दोस्रो हाफमा आक्रमक देखिएको सुनसरीले खेलको १९ औं मिनेटमा फलको सदुपयोग गर्दै डिएरिया बाहिरबाट जर्सी नं. ३ का रोमन लिम्बुले फ्रिकिकमा गोल गर्दै खेल ३–१ गोलको अग्रतामा ल्याई पुर्याए । त्यसपछि पुलिसका तर्फबाट खेलको ३५ औं मिनेटमा अभिशेक रिजालले गोल गर्दै खेल २–३ मा ल्याई पुर्याए । त्यसपछि इन्जुरी समयको पहिलो मिनेटमा कप्तान बिक्रम धिमालले सनदार गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए । त्यसपछि गोल भएन र खेल बराबरीमा सकियो ।

थपिएको १५ मिनेटमा पनि दुबै तर्फबाट गोल नभएपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो । ट्राइब्रेकरमा पुलिसका जर्सी नं. ९ का सुमन लामा, जर्सी नं. ६ का बिक्रम धिमाल र जर्सी नं. १५ का दिनेश राजबंशीको प्रहार सुनसरीका गोल रक्षक विनय श्रेष्ठले रोकेपछि खेल सुनसरीले ३–२ गोलको अन्तरले जित्यो । ट्राइब्रेकरमा सुनसरी ११ का जर्सी नं. ५ का अनिल धिमाल, जर्सी नं. १६ का बुद्धिमान राई, जर्सी नं. १० का निशान लिम्बुले गोल गरेका थिए भने नेपाल पुलिस क्लबबाट जर्सी नं. ८ का अभिसेक रिमाल र जर्सी नं. ११ का रेजिन सुब्बाले गोल गरेका थिए ।

सुनसरी ११ का जर्सी नं. ३ का रोमन लिम्बु र जर्सी नं. ४ का रमेश राजवंशीले गोल गर्न असफल भएका थिए । खेलको म्यान अफ द म्याच सुनसरीका कप्तान तथा गोल रक्षक विनय श्रेष्ठलाई प्रदान गरेको थियो । उनलाई बेलका नगरपालिकाका प्रमुख दुर्गा थापा र त्रियुगा नगरपालिकाका उपमेयर देवी कुमारी चौधरीले संयुक्त रुपमा प्रदान गरेका थिए । उनलाई म्यान अफ द म्याच वापत सात हजार प्रदान गरेका थिए । भोलिको खेल थ्रि स्टार क्लब र झापा एघारबीच पहिलो सेमिफाइनल हुने आयोजकले जनाएको छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने चौधरी पूर्वेली न्युजका उदयपुर सहकर्मी हुनुहुन्छ ।

सुखिलाल चौधरीबाट थप

बजार अनुगमन समितिको मौसमी बाजा

अझै फेला परेनन्सु नकोसीमा डुवेका किशोर

विद्युत प्राधिकरणले ट्रान्सफर्मर मर्मतमा चासो नदिँदा २ महिनादेखि गाँउनै अन्धकारमय

उदयपुरमा वन जोगाउन उपभोक्तालाई एलपी ग्याँस सिलिण्डर वितरण

त्रियुगा जनता बहुमुखी क्याम्पसलाई शैक्षिक हबको रुपमा विकास गर्न सकिने : मुख्य मन्त्री राई

नयाँ समितिमा पुरानै अनुहार, चार दर्जन याताायत मजदुर घर न घाट

उदयपुर यात्राको जात्रा, सिटामोल लिन चार घण्टा पैदल

उदयपुरमा बम फेला

कारागारका बालबालिकालाई पोसाक वितरण

उदयपुर जिल्ला अस्पतालमा माईक्रोवायोलोजी कल्चर सेवा शुरु

तपाईको प्रतिक्रिया