उत्तर कोरियाली उच्चस्तरीय अधिकारी चीनमा, ट्रम्प उन वार्ताको तयारी भइरहेको अमेरिकी भनाई

बेइजिङ । उत्तर कोरियाका उच्चस्तरीय अधिकारीहरु सम्मिलित एक प्रतिनिधिमण्डल सोमबार चीन पुगेको समाचार छ । उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सो प्रतिनिधिमण्डलमा सहभागी भएको समाचार जापानको सरकारी प्रशारण संस्था एनएचके टेलिभिजनले दिएको छ ।

उक्त प्रशारण संस्थाकाअनुसार उक्त प्रतिनिधिमण्डल बेइजिङ्को एक अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ठ कक्षमा पुगेको थियो । सो दृश्य उक्त टेलिभिजनले देखाएको बताइएको छ । तर पनि सो भ्रमणमा सहभागी अधिकारीको नाम भने उसले दिएको छैन । उक्त भ्रमण दलमा उत्तर कोरियाका केही उच्चस्तरीय अधिकारी भएको अनुमान गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच लामो समयदेखि प्रतिक्षा गरिएको एक महत्वपूर्ण शिखर बैठक आगामी जुन १२ मा सिंगापुरमा हुन लागेको छ । सोही भ्रमणको पूर्व सन्ध्यायमा भएको उत्तर कोरियाली नेताको यो चीन भ्रमणलाई एक अर्थपूर्ण भ्रमणका रुपमा लिइएको छ । यसका साथै उत्तर कोरियाली नेता उन पनि केही दिनमात्र अघि चीन पुग्नुभएको थियो ।

तपाईको प्रतिक्रिया