धरानबाट यात्रु लिएर गुडेकाे बस इटहरी अाइपुग्दा बम प्रहार

इटहरी । सुनसरीको इटहरीमा गुडिरहेको यात्रु वाहक वसमा विप्पोट भएको छ । धरानबाट काकरभिटा तर्फ गई रहेको मे १ ख २७३४ नम्वरको वसमा इटहरी आइपुग्दा विष्पोट भएको वसका कर्मचारीले जानकारी दिएका छन ।

धरानबाट यात्रु लिएर काकरभिटा तर्फ गईरहेको समयमा कोशी राजमार्ग अन्तर्गत इटहरी चौक भन्दा केही उत्तर आइपुग्दा बाहिरबाट प्रहार गरिएको बस्तु विष्पोट भएको बसका चालक धनकुमार श्रेष्ठले वताए ।

ठुलो आवाज आएपछि आफुहरुले थाहा पाएको श्रेष्ठ वताउदै पैदल यात्रीहरुले भने दुई जनाको संख्यामा आएका नचिनेका मान्छेहरुले बसमा प्रहार गरेको उनले जानकारी दिए । विष्पोटबाट वसको बाहिर भागमा प्वाल परेको छ भने विष्पोट कसले गराएको हो भन्ने विषयमा अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक राजन कार्कीले जानकारी दिए ।

PURBELI TV

तपाईको प्रतिक्रिया