ईटहरी उपमहानगर प्रमुखको गलत निर्णय : सडक निर्माणमा किन बाधक ?

ईटहरी । केही ब्यापारीहरुको दवावमा परेर सुनसरीको ईटहरी उपमहानगरपालिकाका प्रमुखले गलत निर्णय गरेपछि जोगबनी – किमाथांका त्रिदेशीय व्यापारिक मार्ग बिस्तारको काम रोकिएको छ । उपमहानगरपालिका क्षेत्रभित्र व्यापारिक मार्गको जग्गा सडक केन्द्रको दाँया र बाँया १५ मिटर मात्र कायम गर्नुपर्ने निर्णय गरेपछि व्यापारिक मार्गको बिस्तारको काम रोकिएको हो ।

६ लेनको सडक निर्माणका लागि त्यस क्षेत्रमा सडक केन्द्रदेखि दाँया र बायाँ २५ मिटर कायम गरिएको थियो । आयोजनाले इटहरीदेखि उत्तर तरहरासम्मको पाँच किलोमिटिर क्षेत्रको सडकपनि ठेक्कासमेत लगाएर निर्माणको काम अघि बढाएको थियो । तर, १० वैशाखमा उपमहानगरपालिकाले नगर क्षेत्रमा निजी घर भत्किने भन्दै उपमहानगरपालिकाले सडकको केन्द्रदेखि दाँया र बाँया १५ मिटिर मात्र कायम गर्ने निर्णय गरेपछि सडक निर्माणको काममा अन्योलता छाएको हो । ६ लेनको सडक निर्माणका लागि केन्द्रबाट दाँया र बाँया २५ मिटर कायम गरिएको छ ।

उपमहानगरपालिकाको निर्णयपछि इटहरी बजार उत्तर क्षेत्रमा एक हप्तादेखि ६ लेन सडकको काम रोकिएको परियोजनाले जनाएको छ । बजार क्षेत्रमा पर्ने गोर्खा डिपार्टमेन्ट स्टोर लगायतका इटहरी क्षेत्रका ठूला व्यापारीका घरहरु सडक सिमाङकनभित्र परेका छन् । उनीहरुले ब्यत्तिगत स्वार्थका लागी उपमहानगरका प्रमुखलाई भेटेर सडक निर्माण कार्य रोक्ने नियतका कारण घृणित काम गरेका छन ।

बजार क्षेत्रमा पर्ने गोर्खा डिपार्टमेन्ट स्टोर लगायतका इटहरी क्षेत्रका ठूला व्यापारीका घरहरु सडक सिमाङकनभित्र परेका छन् । उनीहरुले ब्यत्तिगत स्वार्थका लागी उपमहानगरका प्रमुखलाई भेटेर सडक निर्माण कार्य रोक्ने नियतका कारण घृणित काम गरेका छन ।

आफना घर भत्किने भएपछि ब्यापारीको अगुवाइमा नगरपालिकालाई दबाबमा पार्दै उनीहरुले व्यापारिक मार्ग बिस्तारको काम प्रभावित हुने गरी नगरपालिकाबाट निर्णय गराएका हुन । उपमहानगरपालिकाले तत्काललाई केन्द्रबाट दाँया र बाँया १५ मिटर मात्र कायम हुने गरी काम गर्न व्यापारिक मार्ग विस्तार परियोजनालाई निर्णय समेत पठाएको छ । त्यसैगरी उपमहानगरपालिकाले भौतिक तथा पूर्वधार मन्त्रालयलाई समेत आफनो निर्णय पठाएको छ । यस बिषयमा उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले नगरवासीको माग अनुसार सडकको केन्द्रदेखि दाँया र बाँया १५ मिटरको सडक बनाउने निर्णय गरिएको बताए । ‘एक हप्ताअघि केही व्यापारीको एक समूह आए,सडकको चौडा कुल ३० मिटिर बनाउनु पर्छ भनेर माग राखे, निर्णय गरौं भने निर्णय गरिदिएँ ।’ भन्ने किसिमको गैरजिम्मेवारपुर्ण जवाफ फर्काएका छन ।

निजि स्वार्थका कारण केही ब्यत्तिहरुको प्रभावमा परेर गरिएको यो निर्णय गलत छ । सर्बसाधारणको घर भत्किँदा चुँ सम्म नबोल्ने प्रमुखले यसरी ब्यापारीहरुको प्रभावमा परेर गलत निर्णय लिने र बिकास निर्माणमा बाधक बन्ने पक्कै पनि राम्रो काम होईन । तसर्थ यो निर्णय तुरुन्त फिर्ता गरेर सडक निर्माणको काम सुचारु गर्नु जरुरी छ ।

PURBELI TV

डेढ दशक बढी समयदेखि पत्रकारितामा क्रियाशिल बस्नेत पूर्वेली न्युजका सम्पादक हुनुहुन्छ ।

नरेन्द्र बस्नेतबाट थप

थामिएनन् स्व.गोमाका बृद्ध बाबुआमाको आँशु

तयार भयो प्रदेश १ को लोगोः बिक्रमश्रीले पाए अवसर

प्रदेश १ को नाम सगरमाथा कि कोशी ?

ईटहरी उपमहानगर प्रमुखको गलत निर्णय : सडक निर्माणमा किन बाधक ?

प्रदेश १ को राजधानी सार्ने बिषयले प्रदेश सरकार संकटमा

चटयाङकै कारण रित्तिएकाे तेह्थुमको पाँचपाेखरी गाँउ (१३ तस्विरहरू)

ईटहरी बन्ने भयो प्रदेश १ को राजधानी

प्रबिधिमैत्री बन्दै बेलबारीमा सामुदायिक बिद्यालय

बैशाख १२ : विनाशकारी भुकम्प र पूर्वेली न्युज

खोलामा तटबन्धन नहुँदा हरेक बर्ष बाढीको त्रास

तपाईको प्रतिक्रिया