प्रदेश १ को राजधानी सार्ने बिषयले प्रदेश सरकार संकटमा

ईटहरी । प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगरबाट ईटहरी सार्ने गोपय तयारीका बारेमा सार्बजनिक भएपछि प्रदेश सरकार संकटमा फसेको छ । स्थायी राजधानी बिराटनगरलाई कायम गर्ने या ईटहरी सार्ने भन्ने बिषयमा छलफल जारी रहेकै बेला राजधानी अन्यत्रै सार्ने हल्ला सार्बजनिक भएपछि सरकार नै संकटमा परेको हो ।

स्थायी राजधानी सुनसरकिो ईटहरी सार्न मुख्यमन्त्री राई गोप्य रुपमा लागेको भन्ने समाचार सार्बजनिक भएपछि यसले प्रदेश सरकारको गोपनियता भंग भएकोमा टाउको दुखाईको बिषय बनेको हो । समाचार सार्बजनिक भएकै दिन मुख्यमन्त्री शेरधन राईले संखुवासभा पुगेर यो हल्ला निराधार भएको बताएपनि राजधानी ईटहरी सार्ने बिषयमा तयारी भईसकेको स्रोतको दाबी कायमै रहेको छ । सरकारका केही मन्त्रीहरुको आन्तरिक गृहकार्यका कारण राजधानी ईटहरी सार्ने प्रयास हुनुले सरकार स्वयम विवादमा पर्ने संभावना देखिएको छ । अस्थायी राजधानी तोकिएको विराटनगरलाई स्थायी राजधानी कसरी वनाउन सकिन्छ भन्ने विषयमा विभिन्न कोणबाट छलफल भईरहेका बेला राजधानी सर्ने बिषयले ब्यापकता पाएको छ ।

यसैबिच विराटनगरमा नागरिक समाज लगायत विभिन्न संघसंस्थाहरुले स्थायी राजधानी विराटनगर बनाउनको लागि जस्तोसुकै सम्झौता गर्न तयार रहने गरी सहकार्य र छलफललाई अघि बढाएका छन । नेपालको मुुख्य राजनीति, आर्थिक सहरको रुपमा रहेको विराटनगरमा राजधानीका लागी प्रसस्त उपयुुक्त पुुर्वाधार भएकाले अव चाडै स्थायी राजधानी विराटनगरलाई नै बनाउनु पर्ने नागरिक अगुवाको माग गरेका छन । नागरिक समाजले मुुख्यमन्त्री तथा प्रदेश सरकारका मन्त्रीसँग विराटनगरलाई स्थायी राजधानी वनाउन आग्रह गर्दै गलत अभिब्यत्ति नदिन समेत भनेका छन् ।

सरकारका प्रवक्त तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले राजधानी सार्ने हल्ला प्रदेश सरकारलाई असफल बनाउने प्रयास रहेको अभिब्यक्ति दिएका छन् । उनले एक नम्बर प्रदेशलाई स्थायी राजधानी बनाउनको लागि प्रदेशसभा मार्फत आउने भएकोले यसमा सरकारले राजधानी सार्न खोजेको हल्लालाई निराधार हल्लाको रुपमा टिप्पणी गरेका छन । मुख्यमन्त्रीले त समाचार सार्बजनिक भएकै दिन समाचारको खण्डन गरिसकेका छन ।

PURBELI TV

डेढ दशक बढी समयदेखि पत्रकारितामा क्रियाशिल बस्नेत पूर्वेली न्युजका सम्पादक हुनुहुन्छ ।

नरेन्द्र बस्नेतबाट थप

आर्थिक अभावका कारण दिदिभाई बने दृष्टिबिहिन

आदिबासी जनजातिमा सुचिकृत गर्न कुलुङ जातिको माग

यसकारण पुर्वाञ्चल बिश्वबिद्यालय गोठगाँउमा उपर्युक्त

भेडेटारदेखि हेलिकप्टरमा हिमाल, पहाड तराईको आकाश हुँदै प्रसिद्ध पाथिभराको दर्शन

अर्ना विनाको सुनसान र खल्लो कोशी टप्पु

अन्यौलमा प्रदेश १ को नाम र राजधानी

साधारणसभा नै नगर्ने यी हुन बेलबारीका संघसंस्था !

आहा…कोशीका माछा ! ( तस्विर तथा भिडियो)

कलिला लालाबालासहित सिंगो परिवार खरानी हुँदा गाँउ नै शोकमग्न !

नेताका छोराछोरीमाथि सुरक्षा थ्रेट, निर्मला पन्तको बलात्कार र हत्या गर्नेलाई होला त कारबाही ?

तपाईको प्रतिक्रिया