ईटहरी बन्ने भयो प्रदेश १ को राजधानी

ईटहरी । प्रदेश १ को अस्थायी राजधानी बिराटनगर तोकिएको केही महिनापछि फेरी स्थायी राजधानी चाँहि सुनसरीको ईटहरीमा राख्ने कुराले चर्चा पाएको छ । प्रदेश १ को राजधानीका लागी सुनसरीको ईटहरी, धरान, मोरङको बिराटनगर धनकुटामा राजधानीको माग गर्दै त्याँहा स्थानीयले लामो समय आन्दोलन समेत गरे । देशमा तीनै तहको निर्बाचन सम्पन्न भएपछि यतिबेला देश संघियताको प्रयास गरिरहेको छ ।

देशका ७ प्रदेशमध्ये एक वटा प्रदेशको नामाकरण समेत भईसकेको छ भने ६ वटा प्रदेशको नामाकरण र राजधानीको बिषयमा टुंगो लागेको छैन । सबैभन्दा बढी प्रदेश नम्बर १ को स्थायी राजधानी र नामको बिषयमा बिवाद कायमै रहेका बेला प्रदेश १ को स्थायी राजधानी ईटहरी सार्ने बिषयले चर्चा पाएको छ ।

प्रदेश १ को राजधानी ईटहरी

प्रदेशको राजधानी माग गर्दै लामो समय आन्दोलन र प्रधानमन्त्री सहित बामगठबन्धनका नेता सहितलाई भेटेर सुनसरीको ईटहरीलाई राजधानीको माग गरेका ईटहरीबासीले अब राजधानीबासी हुने सुनौलो अबसर प्राप्त गर्ने भएका छन । अस्थायी राजधानीलाई नै स्थायी बनाउने सरकारको तयारी भएपनि पछिल्लो समय त्यो सम्भव नदेखिएपछि अब ईटहरीलाई राजधानी बनाउने तयारी थालिएको स्रोतको दाबी रहेको छ ।

एक नम्वर प्रदेशको राजधानी विराटनगरवाट इटहरी सार्ने तयारी शुरु भएको छ भने धनकुटा र विराटनगरमा भने मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने योजना सहित काम अघि बढेको स्रोत बताउँछ । शुक्रबार मुख्यमन्त्री सहितले गोप्य रुपमा ईटहरीमा निर्माण भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नबनिर्मित भवनको अबलोकन समेत गरेका छन । मुख्यमन्त्रीको कार्यलय निर्माणका लागी सो भवनको गोप्य रुपमा अनुगमन भएको स्रोत बताउँछ ।

करोडौ लगानी स्वाहा !

प्रदेशको राजधानीका लागी आबश्यक मन्त्रालयहरु निर्माणका लागी बिराटनगरमा भएका बिभिन्न सरकारी कार्यलयहरु लाई करोडौ रकम खचर्च गरि सिंगारियो । मर्मतमा मात्र २ करोड बढी खर्च भएको देखिन्छ । तर प्रदेशको राजधानी नै ईटहरी सर्ने भएपछि करोडौको लगानी स्वाहा हुने अबस्था देखिएको छ । मर्मत सम्भारमा मात्र करोडौ रकम खर्च भईसकेको छ । अब नयाँ मन्त्रालयहरु निर्माण गर्दा खर्च झन बढने देखिन्छ ।

PURBELI TV

डेढ दशक बढी समयदेखि पत्रकारितामा क्रियाशिल बस्नेत पूर्वेली न्युजका सम्पादक हुनुहुन्छ ।

नरेन्द्र बस्नेतबाट थप

आफ्नै उपचार खर्च कटाएर लाखौको अक्षयकोष स्थापना गर्ने क्यान्सर पिडित प्राध्यापक

बिद्युत प्राधिकरणमा बिल तिर्न ५ घण्टा लाईन

लेटाङ र केराबारीका स्थानीय भन्छन : बरु सुकुम्बासी बन्छौे तर् लोकमार्ग सार्न दिँदैनौँ

बालिका देखि बृद्धासम्म बलात्कारको शिकार, के हेर्दैछ सरकार ?

के प्रदेश सांसदहरु असुरक्षित भएकै हुन ?

प्रदेश १ को राजधानी बिराटनगरको पक्षमा काँग्रेस, बिपक्षमा कम्युनिष्ट

चुनौतिका पहाडबिच छलाङ मार्दै पूर्वेली न्यूज पाँचौ बर्षमा

बलात्कारीलाई फाँसी दिँदा के हुन्छ ?

उर्जामन्त्रीदेखि मुख्यमन्त्रीसम्मको आश्वासन : बाढीले बगाएको एक बर्ष बित्दासमेत बनेन लोहन्द्राको पुल

प्रहरी ईन्काउण्टर फेक की रियल ?

तपाईको प्रतिक्रिया