बैशाख १२ : विनाशकारी भुकम्प र पूर्वेली न्युज

ठ्याक्कै ३ बर्ष अगाडी अर्थात २०७२ बैशाख १२ गते नेपालमा बिनाशकारी भुकम्प गएको थियो । भुकम्पका कारण हजारौँ मानिसहरुले ज्यान मात्र गुमाएनन, अर्बौको क्षति सँगै हजारौँ भौतिक संरचनाहरु नष्ट भए । भुकम्पका कारण देशमा ठुलो धनजनको क्षति भयो । त्यसपछि महिनौसम्म निरन्तर आईरहेको पराकम्पका कारण झनै क्षति भयो । क्षणभरमै देशका सयौँ भौतिक संरचनाहरु ढले, भुकम्पले ढालेका संरचनाहरु सँगै ढलेको मानिसको मन अझैसम्म पुर्ण रुपमा उठ्न सकेको छैन । अझै मनमा त्रास हटेको छैन । भुकम्पका कारण मानिसको मनमा जुन घाऊ लाग्यो त्यो अझैपनि पुर्णरुपमा निको भएको छैन ।

भर्खरै पुर्वको केन्द्रबिन्दु ईटहरीबाट शुरु भएको पूर्वेली न्युज (अनलाईन पोर्टल) लाई पनि बिनाशकारी भुकम्पले नछोएको होईन । शुरुवाती चरण भएका कारण चुनौति त छँदै थियो त्यसमाथि भुकम्पले झन ठुलो चुनौति थपिदियो । मध्यान्ह ११.५७ बजे आएको भुकम्पका कारण इन्टरनेट र टेलिफोन सेवा समेत बिच्छेद भएपछि सारा मानिसहरु त्राहिमाम भए । सुचनाको कुनै पहुँच नभएपछि मानिसहरुमा एक किसिमको त्रास त छँदै थियो । त्यसमाथि आफन्तको खोजी र कहाँ के भईरहेको छ भन्ने कुराबाट समेत मानिसहरु अनभिज्ञ बने ।

नरेन्द्र बस्नेत

त्यसपछि पटक पटक आईरहेको पराकम्पका कारण मानिसहरुमा कतिबेला के हुने हो भन्ने त्रास बढयो । सबै मानिसहरु आफनो घर ,ब्यबसाय सबै छोडेर सुरक्षित स्थानको खोजीमा लागे । आफन्तको खोजी र कहाँ के भईरहेको छ भन्ने ताजा जानकारी र जनताको सुसुचित हुने अधिकारको रक्षा गर्न पूर्वेली न्युजले जुन भुमिका निर्बाह गरेको छ त्यो पूर्वेली न्युजका पाठक र शुभचिन्तहरुलाई राम्रो सँग थाहा छ । भुकम्पका बेला नेपालका सञ्चारमाध्यायमहरुले खेलेको भुमिका अत्यन्तै महत्वपुर्ण छ । त्यसमाथि स्रोत साधनका अभावका बिच पनि पुर्वेलीले निभाएको भुमिकाको जति प्रशंषा गरेपनि कम नै हुन्छ ।

राजधानी काठमाण्डौमा रहेका अनगिन्ती अनलाईन मिडियाहरुले समेत यथार्थ समाचार पस्कन नसकेका बेला पुर्बेलीले धरहरा पल्टिएको, राजधानीमा भएको हताहती र पुर्वका गाँउदेखि शहर सम्म भएका क्षति र ताजा अपडेटहरुलाई जुन तरिकाले उठाएर , बिश्वभर पुर्यायो त्यो चानचुने बिषय थिएन । भुकम्पले हल्लाईरहँदा पनि आफनो जिवनको प्रवाह नगरी जनताको सुसुचित हुन पाउने अधिकारको रक्षार्थ जुन भुमिका निर्बाह गरेको छ, त्यो अतुलनिय रहेको छ ।

जतिजति भुकम्पले पृथ्वी हल्लाउथ्यो, त्यतित्यति पूर्वेली न्युजकाे प्रबन्ध निर्देशक शुरेसचन्द्र दहाल हिम्मत कस्थे र ताजा जानकारीको खोजीमा लाग्दथे । उनीसँग त्यसबेला कुनै दक्ष जनशत्ति थिएन । उनी आफै आईटीका बिद्यार्थी भएका कारण उनलाई प्रबिधिको राम्रो ज्ञान थियो । त्यही ज्ञान सदुपयोग गर्दै उनले जानेर वा नजानेर निरन्तर अपडेटमा जुटिरहे । जस्को फलस्वरुप उनको मेहनतले सार्थकता पायो । त्यही मेहनतका कारण यो अनलाईन आज देशका प्रमुख उत्कृष्ट अनलाईनको सुचिमा परिसकेको छ ।

उनले भुकम्पबाट बिचलित भएको भए उनले आज यो उचाई नाप्न पाउने थिएनन । उनको त्यहि मेहनत र जनताप्रतिको उत्तरदायित्वका कारण दुई बर्षको छोटो अबधिमा यो अनलाईन पुर्वको लिडिङ अनलाईन र सफल अनलाईन बन्न सफल भयो । पूर्वेली न्युजले तिन बर्षको अबधिमा जुन उचाई हासिल गर्न सफल भएको छ त्यो सबै मेहनतको प्रतिफल हो । मेरो मतलब पुर्बेली न्युज सबैभन्दा सफल,यस्ले उचाई नापिसक्यो भन्ने होईन । यस्ले अझै गर्न धेरै बाँकी छ । सफलताको चुचुरो चुम्न बाँकी नै छ । तथापि यस बिचमा यस्ले गरेका कामहरु र जनताको सुसुचित हुन पाउने अधिकारप्रति खेलेको भुमिका भने अनुकरणीय छ ।

हामीले सफलताका कुरा गरिरहँदा भुकम्प गएको ३ बर्ष बितिसकेको छ । तथापी भुकम्प पिडितले अझै राहत पाऊन सकेका छैनन । भुकम्प पिडित हजारौ परिवारहरुको अहिले पनि बिचल्ली भईरहेको छ । देश तथा बिदेशबाट आएको राहत समेत गोदाममै कुहिएका छन तर पिडितसम्म पुग्न सकेको छैन । अझैपनि आकाशको छानो हालेर खुल्ला चौरमा पिडितहरु बस्न बाध्य भएका छन । भुकम्पले ठुलो धनजनको क्षति भएको छ । भुकम्पले ढलेको धरहरादेखि सयौँ संरचनाहरु अहिलेसम्म निर्माण हुन सकेको छैन । राजनीतिक अस्थिरता सँगै पुर्ननिर्माणको काम समेत लथालिंग अबस्थामा रहेको छ । स्थायी शान्ति र देश बिकासमा सबै जुट्ने बेला भएको छ । पिडितले सदैब पिडित हुने दिन नआओस । आशा गरौँ पिडितले न्याय पाऊन, देशमा शान्ति र अमनचयन होस हामी यहि कामनाका साथ अगाडी बढौँ । जय देश ।

PURBELI TV

डेढ दशक बढी समयदेखि पत्रकारितामा क्रियाशिल बस्नेत पूर्वेली न्युजका सम्पादक हुनुहुन्छ ।

नरेन्द्र बस्नेतबाट थप

के प्रदेश सांसदहरु असुरक्षित भएकै हुन ?

प्रदेश १ को राजधानी बिराटनगरको पक्षमा काँग्रेस, बिपक्षमा कम्युनिष्ट

चुनौतिका पहाडबिच छलाङ मार्दै पूर्वेली न्यूज पाँचौ बर्षमा

बलात्कारीलाई फाँसी दिँदा के हुन्छ ?

उर्जामन्त्रीदेखि मुख्यमन्त्रीसम्मको आश्वासन : बाढीले बगाएको एक बर्ष बित्दासमेत बनेन लोहन्द्राको पुल

प्रहरी ईन्काउण्टर फेक की रियल ?

पुर्वमा तिजको लहर आयो बरि लै …..!

युवराजले लिए बेवारिसे नवजात शिशुको पालनपोषणको जिम्मा

कानुन तामाङलाई मात्र लाग्छ, प्रसाई र मार्सी चामल खाने लाई लाग्दैन ?

चिसाङमा पुल नबन्दा सास्ती, झोलुङगे पुलबाट जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता (तस्विर तथा भिडियाे सहित)

तपाईको प्रतिक्रिया