नेता नेपालबाट कापीकलमका लागि दिइएको रकम चोरी

बर्दिवास । ‘म अभागीको कर्मै खोटो हजुर..!’ गत बुधबार एमाले नेता माधवकुमार नेपालले छोरी शवनम खातुनको खाजा र कापीकलमका लागि दिएको रु छ हजार आपूm सुतेको फुटपाथबाटै चोरिएपछि रहिशाले आपूmलाई सम्हाल्न गाह्रो पार्दै भन्नुभयो, “मेरो सात वर्षकी छोरीको खुशी तिन (चोर) लाई सह्य भएनछ ।”

महोत्तरी, औरही नगरपालिका–१ की बासिन्दा खातुनका पति हमिद दर्जीको मृत्युलगत्तै सौतेनी छोराले घरबाट निकालिदिएपछि खातुन बर्दिवास–१ को साझा संस्था भवन अगाडिको फुटपाथमा दुई छोरा र एक छोरीसहित बस्दै आउनुभएको छ । त्यही फुटपाथमा हिँडिरहने केटाहरुले नेता नेपालले दिएको रकम चोरी दिएपछि रहिशाले सो पीडा भुल्न सकेकी छैनन् । बस्नेसुत्ने कोठा नहुँदा बरण्डामा बस्दै आएको सो परिवारकी अभिभावक रहिशाले फरियाको फेरोमा बाँधेर राखेको पैसा चोरिएको हो ।

“नेता नेपालले काखमा राखेर छोरी धेरै पढेर असल मान्छे बन्नू भनेपछि ऊ (शवनम) निकै पूmर्तिली बन्दै आएकी थिई”, रहिशाले आज बिहान बस्दै आएको साझा संस्था भवन अगाडिको आँपको रुखमा अडेस लगाएर भन्नुभयो, “उहाँ (माधवकुमार नेपाल)ले दुःखकष्ट खेपेर पनि नानीहरुलाई पढ्न नछुटाउनू भन्नुभयो, “सानो छोरा सद्दाम त धेरै सानो छ, शवनम र जाविर (ठूलो छोरा) चाहिँ नियमित स्कुल गइरहेका छन् ।”

“नेता नेपालले मेरो हातमा दिनुभएको पैसा त शवनम र जाविरले देखिरहेका थिए”, रहिशाले भन्नुभयो, “अहिले आमा, एउटा बिस्कुट ल्याइदिनुस् भन्छन्, मलाई मरेको जुनीझैँ भएको छ ।” त्यति मोटो रकम जिन्दगीमा पहिलो पटक समातेको भए पनि त्यो भोग्न आफ्नो भाग्यमै नरहेको रहिशाको बिलौना छ । रहिशाको सो पीडाबाट बेखबर शवनम भने आज बिदा भएकाले आइतबार स्कुल जाने लुगा धुनुपर्ने भन्दै आमासँग झगडा गर्दै थिइन् ।

“नाम लेखाएको दिनयता उनलाई स्कुल जान तयार होऊ भन्नु पर्दैनथ्यो”, आफ्नी सात वर्षीया छोरी शवनमको आनिबानीमा आएको परिवर्तनबाट पाएको खुशी तीन दिन नबित्दै खोसिएको बताउँदै रहिशाले भन्नुभयो, “उहाँले दिनुभएको पैसा त चोरेका छन्, उहाँ(नेपाल)ले दिनुभएको माया त मेरो हृदयमै छ, त्यही मायाको बलले नानीहरु पढाउँछु ।”

तपाईको प्रतिक्रिया