गाँउगाँउमा बिद्यार्थी खोज्दै नगरप्रमुख सहितको टोली

बेलबारी  / सामुदायिक बिद्यालयप्रति अविभाबकको आकर्षण दिन प्रतिदिन घटिरहेका बेला बेलबारी नगरपालिकाले नयाँ अभियान थालेको छ । जनचेतनाका अभाव तथा गरीबिका कारण बिद्यालय जानबाट बञ्चित बालबालिकालाई बिद्यालय सम्म पुर्याउनका लागी बेलबारी नगरपालिकाले गाँउ गाँउमा गएर बिद्यार्थी खोज्न थालेको छ ।

बिद्यालय जान्बाट बञ्चित भएका तथा बिभिन्न कारणले बिद्यालय जान नपाएका वालबालिकाको खोजी गरेर बिद्यालयमा बिद्यार्थी अभियान नगरपालिकाले तिबै्र पारेको छ । कोही पनि शिक्षाको उज्यालो घामबाट बञ्चित नहुन भन्ने नगरपालिकाको योजना रहेको छ बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुबेदीले भने शैक्षिक गुणस्तरका लागी पनि बिभिन्न खालका कार्यक्रम समेत गर्ने तयारीमा छौ । शिक्षाको कमी भएका तथा गरीविको रेखा मुनी रहेका बालबालिकाकाको वडा कार्यालय मार्फत खोजी भईरहेको सुबेदीले बताए ।

नगरपालिकाले दलित,मुसहर,ऋषिदेव,चौधरी समुदायको बसोबास रहेको क्षेत्रलाई आधार मानेर बिद्यार्थी खोजिरहेको छ । बिद्यालयमा जाने उमेर समुहका वालवालिका गिटि, बालुवा कुटने देखी वाख्राबस्तु हेर्ने तथा खोलामा गएर माछा मार्ने गर्ने पाईएको बेलबारी वडा नम्बर ६ का वडाअध्यक्ष उदयराज राईले बताउँछन । नगरपालिकाले बिद्यार्थी भर्नाका लागी बिद्यालय पोशाक, झोला, खाजा पुस्तक जुत्ता, जुरफ लगायतका सामाग्री नगरपालिकाले दिने नगरप्रमुख सुबेदीले बताए । बिद्यालय छाडेर घरमा बसेका तथा बिद्यालयमा नै नआएका वालवालिकाको खोजी गर्दे नगरपालिकाले बिद्यार्थी भर्ना अभियान थालेको छ ।

सरकारी बिद्यालयप्रति बिद्यार्थी तथा अभिभावकको आकर्षण बढाउनदेखि शिक्षकलाई कडाई गर्न बेलबारी नगरपालिकाले नयाँ रणनिति अपनाएको छ । नगरपालिकाले शिक्षकलाई सम्मान गर्ने देखी बिद्यार्थीलाई खाजा खर्चको समेत ब्यबस्था गरेको छ । माध्यमिक बिद्यालय तथा आधारभुत बिद्यालयका बिषयगत शिक्षकलाई सम्मान समेत गर्ने नगरपालिकाको कार्यालयले जनाएका छ ।

बालबिकास केन्द्रमा अध्यनरत बिद्यार्थीलाई १५ लाख खाजा खर्च छुटयाईएको छ भने उत्कृष्ट पठनपाठन गर्ने दुईवटा बिद्यालयलाई समेत सम्मान गरिने बेलबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद दाहालले बताए । एक माध्यमिक र एक आधारभुत बिद्यलायलाई सम्मान गरीने प्रशासकिय अधिकृत दाहालले बताए । बिद्यालयको आन्तरिक प्रशासन ब्यबस्थापन गर्ने उद्धेश्यले सबै सामुदायिक बिद्यालयहरुमा बिद्युतीय हाजिरीको ब्यबस्था समेत तयारी गरेको छ ।
मंहगो शुल्क तिरेर भएपनि निजि बिद्यालयतिर बिद्यार्थीको आकर्षण बढ्न थालेपछि नगरपालिकाले चासो देखाएको हो ।

बिद्यालय सुधार योजना नै लागु गरेर नगरपालिकाले नयाँ शैक्षिक रणनीति अपनाएको छ । बेलबारीमा जम्मा ३२ वटा बिद्यालय रहेका छन । त्यसमा २१ वटा आधारभुत रहेका छन भने ११ वटा माध्यमिक बिद्यालय रहेका छन ।

तपाईको प्रतिक्रिया