सगरमाथा आयुर्वेद अस्पतालमा थप ४ सेवा विस्तार

 

उदयपुर / प्राकृतिक चिकित्सालाई प्रभावकारी बनाउन सगरमाथा अञ्चल अस्पताल उदयपुरमा सेवा विस्तार गरेका छन् । मंगलबार अस्पताल परिषरमा एक कार्यक्रमको विच थप ४ सेवा सञ्चालनमा ल्याएको जानकारी गराएका हुन् । आयुर्वेदिक पद्धतिवाट उपचारका लागि अस्पतालले पन्चकर्म, योग, षटकर्म र अकुप्रेसर सेवा विस्तार गरेका हुन् । सुस्त उपचार सेवाका कारण देशभरका आयुर्वेद अस्पतालहरु बन्द हुने अबश्थामा पुगेपछि सरकारले आयुर्वेद अस्पताललाई व्यवस्थित र यसको सेवालाई प्रभावकारी बनाउन नयाँ योजना अघि सारेको हो ।

सामान्यतया जडिबुटी औषधि वितरण गर्दै आएका आयुवेर्दिक चिकित्सकहरुले अब यो सेवालाई नियमितरुपमा सञ्चालन गर्ने भएकाछन् । पछिल्लो समयमा निजी संस्थाहरुले सञ्चालनमा ल्याएको प्राकृतिक उपचार पद्धतीतर्फ विरामी आकर्षित भईरहेको बेलामा सरकारीतवरबाट सशुल्क सञ्चालनमा ल्याइएको यो पद्धती प्रभावकारी हुने अस्पतालका प्रमुख डा. संन्जिवकुमार यादवले बताए ।

उनले आयुवेर्दिक उपचार पद्धतीको बारेमा सर्वसाधरणलाई पर्याप्त जानकारी नहुँदा पनि अस्पताले दिने सेवाहरु प्रभावकारी बन्न नसकेको स्वीकार गरे । सेवाको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले एलोपेथिक औषधिलाई न्युनिकरण गर्न यो प्रविधीले महत्वपूर्ण भुमिका खेल्ने बताए । उनले आयुवेर्दिक औषधालयलाई व्यवस्थीत र प्रभावकारी बनाउन स्थानीय तहसम्म समन्वय गरी अघि बढ्ने बताए ।

 

PURBELI TV

<

तपाईको प्रतिक्रिया