बोस्निया र हर्जेगोभिनाको  कन्सुलेटद्वारा विशेष फोटो प्रदर्शनी

काठमाडौँ  / नेपालस्थित बोस्निया र हर्जेगोभिनाको माननीय कन्सुलेटले बोस्निया र हर्जेगोभिनाको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा झल्काउँदै दक्षिण पूर्वी युरोपको मुटुमा अवस्थित सो राष्ट्रको पर्यटन प्रचारको उद्देश्यले तस्बिरहरुको एक विशेष प्रदर्शनी आयोजना गरेको छ । सो प्रदर्शनीको उद्घाटन संयुक्त रुपमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री रविन्द्र प्रसाद अधिकारी तथा बोस्निया र हर्जेगोभिनाका माननीय राजदूत डा. साबिट सुबासिचद्वारा इभोक बिस्ट्रो एण्ड क्याफेमा आयोजित एक विशेष समारोहमा गरिएको थियो । उक्त समारोहमा फ्रेन्ड्स अफ बोस्निया र हर्जेगोभिना इन नेपाल समूहसहित अन्य विशेष अतिथिहरुको उपस्थिति पनि रहेको थियो ।

तपाईको प्रतिक्रिया