गछियामा बम डिस्पाेजसंगै अवरूद्ध यातायात सुचारू

मोरड । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरडको सुन्दरहरैचा ३ स्थित गछिया पुलमा फेला परेकाे शंकारसद बस्तु नेपाली शेनाकाे बम डिस्पाेजल टाेलिले डिस्पाेज गरेसंगै मंगलबार बिहानैबाट अवरूद्ध बनेकाे यातायात सुचारू भएकाे छ ।

शंकासपद बस्तु संगै बमकाे हल्ला मच्चिएपछि साे क्षेत्रमा तनाव उत्पन्न भएकाे थियाे भने शयाै संख्यामा सवारी साधनहरू लामबद्ध भएर बसेकाे थियाे । अहिले नेपाली शेनाकाे बम डिस्पाेजल टाेलिले साे क्षेत्रमा राखेकाे शंकासपद बस्तुलार्इ निस्कृय बनाए संगै लामबद्ध रहेका यातायातका साधनहरू सुचारू भएकाे हाे ।

नेपाली शेनाकाे सुर्यदल गण थलाहाबाट राजु थापाकाे नेतृत्वमा अाएकाे डिस्पाेजल टाेलिले साे शंकासपद बस्तुलार्इ निस्कृिय बनाएकाे हाे ।

तपाईको प्रतिक्रिया