समायोजन प्रक्रिया नै सुरु नहुँदा समस्या

काठमाडौं । एकीकरणका वेला जनाएको प्रतिबद्धता पूरा गर्न कांग्रेसले चासो नदिएपछि नेता–कार्यकर्तामा असन्तुष्टि देखिएको तत्कालीन लोकतान्त्रिक फोरमका नेताहरू बताउँछन् ।

विधानले केही बाधा पारेको भए महासमिति बैठकबाट समाधान गरी समायोजन गर्ने भने पनि अहिलेसम्म महासमिति बैठक नबोलाउँदा एकीकरणमा आएका नेता–कार्यकर्तामा असन्तुष्टि देखिएको तत्कालीन उपाध्यक्ष रामजनम चौधरीले बताए ।

‘महासमिति बैठक बोलाएर विधान संशोधन गरी केन्द्रमा अध्यक्ष विजयकुमार गच्छदारलाई उपसभापति र अन्य १५ जनालाई केन्द्रीय सदस्य बनाउने तथा जिल्लामा उपस्थितिका आधारमा समायोजन गर्ने सहमति भएको थियो,’ चौधरीले भने, ‘तर, लामो समयसम्म पनि यो प्रक्रिया सुरु नहुँदा साथीहरूलाई चित्त बुझाउन गाह्रो भइरहेको छ ।’

अहिलेसम्म कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नं. ३ बाट निर्वाचित गच्छदारलाई दलको उपनेतामा मनोनयन र आमन्त्रित केन्द्रीय सदस्यका रूपमा केन्द्रीय समितिमा प्रवेश दिनुबाहेक अन्य कुनै नेतालाई जिम्मेवारी दिएको छैन । परासीमा भने तत्कालीन लोकतान्त्रिक फोरमका अध्यक्ष सुवास गिरीलाई उपसभापति दिएर समिति एकीकरण गरिएको छ । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया