‘ओरेन्ज सिटी’ बन्दै पुर्बी पहाडी जिल्ला धनकुटा (११ तस्विरहरू )

धनकुटा । सुन्तलाको राजधानीका रुपमा परिचित प्रदेश नम्बर १ को पुर्बी पहाडी जिल्ला धनुकटा बजार क्षेत्रका माथिल्लो कोप्चे र तल्लो कोप्चेमा रहेका घरहरुमा मौलिक पहिचान कायम गर्न सुन्तला कलरको रङहरु पोतिएका छन । नगरपालिकाको वडा नम्बर ५ का घरहरुलाई मौलिक बनाउने उद्धेश्यका साथ सुन्तले (ओरेन्ज) रङ लगाएको छ भने धनकुटाको टुँडिखेलमा समेत सुन्तले रङ पोतिएको वडा नम्बर ५ का वडाध्यक्ष धनबहादुर राईले बताए ।

धनकुटा नेपालकै सबैभन्दा राम्रो गुणस्तरको सुन्तला फलाउने जिल्ला भएको हुनाले ती क्षेत्रका घरहरुमा बिम्वात्मक रङको रूपमा सुन्तले रङ लगाइएको प्रतिक्रिया दिएका छन । सुन्तले रङ भलादमी रङ भएको र धनकुटा सुन्तलाको राजधानी भएका कारण सुन्तले रङ प्रयोग गरिएको उनको तर्क रहेको छ । घरहरुमा एकै प्रकारका रङहरु पोतिएपछि आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल समेत सो क्षेत्रमा बढेको छ ।

६० हजार जनसंख्या र १० वडा भएको नगरपालिकाका वडामा पहिचान अनुसारको रङ लगाउने क्रममा सबैतिरबाट प्रशंसा भएको धनकुटाका नगरप्रमुख चिन्तन तामाङ बताउँछन । ओरेन्ज सिटी बनाउनु धनकुटाको आवश्यकता र स्वभाविक भएको उनको बुझाई रहेको छ । तस्विर : सामाजिक संजाल

तपाईको प्रतिक्रिया

×