५ लाख पुरस्कार राशीको पाँचौं उदयपुर गोल्डकप हुने

उदयपुर / आगामी बैसाख २२ देखि २९ गतेसम्म पाँचौ उदयपुर गोल्डकप सञ्चालन हुने भएको छ । गोल्डकप मुल आयोजक समितिले सोमबार विहान पत्रकार सम्मेलनको आयोजना गर्दै भव्यरुपले पाँचौ उदयपुर गोल्डकप सञ्चालन हुने जनाएको छ । संयोजक किरण राईले विगतको अनुभव र नयाँ व्यवस्थापनबाट गोल्डकपको पाँचौ संस्करण आयोजना गरिएकाले भव्य हुनुका साथै खेलाडी र दर्शकहरुका लागि विशेष हुने बताए ।

२ लाख देखि बृद्धि गरी ५ लाख प्रथम पुरस्कार राखिएको यो संस्करणमा विदेशी खेलाडीहरुसमेत रहने राष्ट्रिय स्तरका ए डिभिजनका राम्रा फुटबल टिमहरुको सहभागिता रहने बताइएको छ । आप्mनै रंगशाला थरुहट रंगशाला गाईघाटमा सञ्चालन हुने प्रतियोगितामा सम्भावित टिमहरुमा मनाङ मस्यांदी क्लव काठमाडौं, संकटा क्लव काठमाडौं, रुपन्देही ११, नेपाल आर्मी क्लव, नेपाल पुलिस क्लव, थ्रीस्टार क्लव झापा ११, मोरङ ११, सुनसरी ११ र उदयपुर ११ रहेको आयोजकले जनाएको छ ।

एसियन थाईफुड प्रालि (रमपम) मुख्य प्रायोजक रहेको गोल्डकपको संयोजक त्रियुगा नगरपालिका, प्राविधि सहयोग राष्टिय खेलकुद परिषद, अखिल नेपाल फुटबलसंघले गर्ने जनाइएको छ । गतसाल भएको चौथो गोल्डकप संस्करणको उपाधी रुपेन्देही ११ ले जितेको थियो ।

२०६८ सालमा प्रारम्भ भएको गोल्डकपले चौथो संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेकाले विगतका अनुभवसमेतलाई संगालेर यस संस्करण अझ भव्य हुने संयोजक राईले बताउनुभयो । जिल्लाको फुटबल खेल र खेलाडीको क्षमता बृद्धिका साथै राष्ट्रकै फुटबलको विकासको आधार तयार गर्ने उद्देश्यले गोल्डकपलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो । गोल्डकप सञ्चालन पछिको उपलब्धीमा आप्mनै रंगशाला निर्माण एक उदाहरण भएको संयोजक राईले बताए ।

PURBELI TV

<

समसामयिक बिषयमा कलम चलाउनुहुने चौधरी पूर्वेली न्युजका उदयपुर सहकर्मी हुनुहुन्छ ।

सुखिलाल चौधरीबाट थप

८ करोड रकम हिनामिना गर्ने लेखा अधिकृत रविन चन्द्र ढकाल पक्राउ

५ लाख पुरस्कार राशीको पाँचौं उदयपुर गोल्डकप हुने

प्रहरी बिरूध बिद्यार्थीद्धारा मसाल जुलुस प्रदर्शन

वम विष्फोटमा संलग्न भएको आरोपमा पूर्व सांसदसहित ७ पक्राउ

उदयपुरका नापी कार्यालय प्रमुख ५० हजार घुस सहित पक्राउ

छोराद्वारा आमाको घरमा आग्जनी

उदयपुरमा जनप्रतिनिधि र कर्मचारीद्वारा सरकारी गाडीको दुरुपयोग

इमो कलबाट २५ लाख उपहार पर्यो भन्दै पैसा ठगी गर्ने पक्राउ

गाउँपालिकाकाे भवन निर्माणमा अनियमितता : अख्तियारद्वारा छानबिन सुरू

उदयपुरमा सरकारी मोटरसाइकलको दुरूपयोग (तस्विरहरू सहित)

तपाईको प्रतिक्रिया