सकियो सिरुवा (तस्विरहरू सहित)

झापा / झापा, मोरङ, सुनसरी लगायतका जिल्लाको मध्य तथा दक्षिणी भागमा बसोवास गर्ने कोच आदिवासी समुदायले मनाउदै आएको सिरुवा पावनी पर्व सकिएको छ । कोच आदिवासी समुदायमा वर्षको सुरुमा मनाइने सबैभन्दा पहिलो र ठूलो पर्व नै सिरुवा हो । सिरुवाको अर्थ होली या लेपन भन्ने पनि बुझिन्छ । यो पर्व तराइका जिल्लामा विभिन्न जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरी समापन गरिएको हो ।

तीन दिनसम्म मनाइने यो पर्वको पहिलो दिनलाई जल सिरुवा, दोस्रो दिनलाई काद सिरुवा र तेस्रो दिन रङ सिरुवाका रुपमा मनाइने गरिएको छ । सिरुवा राजवंशीलगायत अरु कोच समुदायको विशुद्ध मौलिक, धार्मिक एवम् सांस्कृतिक पर्व हो । भगवान श्रीकृष्णको जन्मत्सवका रुपमा मनाइने यो पर्वको छुट्टै मौलिक पहिचान बोकेको बताउनुहुन्छ पूर्व सांसद हरिप्रसाद राजवंशी ।

आदिमकालदेखि बसोबास गर्ने कोच आदिवासी समुदाय राजवंशीसँगै कोच समुदायभित्रका ताजपुरिया, गनगाई, धिमाल, माझीलगायतका अरु समुदायले पनि ठूलो महत्वका साथ यो पर्व मनाउने गरेको बताउनुहुन्छ वाह्रदशी गाउँपालिका २ का राजवंशी समुदायका अगुवाा टोपेन्द्र राजवंशी ।

धार्मिक ग्रन्थ अनुसार पौराणिक कालमा परशुराम ऋषिको मातालाई क्षेत्रीहरुले अपमान गरेको हुँदा त्यही क्रोधका कारण परशुराम ऋषिले क्षेत्रीहरुको सिग्गो वंश विनाश गर्न लागेका थिए र यसबाट बच्नका लागि यो समुदायमा आफ्नो घर गोठमा लसुन प्याज बाँध्ने चलन सुरु भएको किम्बदन्ती छ ।

दसदिन पहिलेदेखि नै आफ्नो घरआँगन लिपपोत र साफा सुग्घर बनाउँदै चैत्र मसान्तका दिन सातु र गुँड आफ्नो कूल देवतालाई चढाउने प्रचलन छ । आँपको चिचिला पनि आफ्ना गृहदेवतालाई चढाइने गरिन्छ । यसो गर्दा शरीरमा घाउ खटिरा नहुने र परिवारमा शुख शान्ति हुने गरेको बताउनुहुन्छ वाह्रदशी गाउँपालिका – २ निवासी सुकमति राजवंशी ।

यसैबीच पर्वको अवसर पारेर घाटोसरी महिला समिति वाह्रदशी गाउँपालिका २ राजगढले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । कोच राजवंशी संस्कार संस्कृति अनुसार घाटोसरी महिला समितिले कोच आइडलसहित समाजका अगुवा व्यक्तिलाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा दीलकुमार राजवंशी जलथल,रामकुमार राजवंशी लसुना, रीता राजवंशी राजगढ,निकिता राजवंशी इँटाभट्टा रहेका छन् । त्यस्तै राजवंशी समाज विकास समितिका केन्द्रीय संस्थापक अध्यक्ष फूलसिंह राजवंशी भद्रपुर, नेपाल ललितकला प्राज्ञ प्रतिष्ठानका प्रज्ञ पवनकुमार राजवंशी, गीतकार गुलावचन राजवंशी , दीपेश ताजपुरिया चकचकी रहेका छन् ।

वाह्रदशी गाउँपालिका अध्यक्ष खड्कप्रसाद राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रम घाटोसरी महिला समिति वाह्रदशी गाउँपालिका ३ राजगढकी अध्यक्ष डमरकुमारी राजवंशीको अध्यक्षतामा भएको थियो । समितिकी उपाध्यक्ष हान्सा राजवंशीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव राधा राजवंशी र पूर्णिमा राजवंशीले गरेका थिए । सुकमति राजवंशीले प्रकाश पारेको कार्यक्रममा खड्गनारायण राजवंशी, शिशुपाल राजवंशी, विमल राजवंशी, छत्र राजवंशी र खड्ग गणेशले सहयोग गरेका थिए ।

यसैबीच घघाटोसरी महिला समिति वाह्रदशी गाउँपालिका २ राजगढकी अध्यक्ष सुकमति राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा घाटोसरी प्रतियोगिता समेत भएको थियो । जसमा हिरामणि राजवंशी मोटापानी प्रथम, निनुता राजवंशी जात्रुवस्ती दोस्रो , प्रेमकला राजवंशी कोनावारी तेस्रो र पाँचजनालाई सान्तवना पुरस्कार प्रदान गरिएको थियो । घाटोसरी महिला समिति वाह्रदशी गाउँपालिका ३ राजगढकी अध्इष डुमरकुमारी राजवंशीले प्रकाश पारेको कार्यक्रममा स्वागत कृष्णकली राजवंशीले गरेकी थिइन् । कार्यक्रममा वाह्रदशी गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशी, कांग्रेसका नेता दयानन्द गोश्वामी,राजवंशी समाजविकास समिति गाउँपालिका अध्यक्ष राजु राजवंशी, जिल्ला समन्वय समिति सदस्य महेशलाल राजवंशी, गाविस महासंघ पूर्व केन्द्रीय सदस्य ओमनारायण राजवंशी लगायतले बोलेका थिए ।

PURBELI TV

<

तपाईको प्रतिक्रिया