चितुवाको आक्रमण

कञ्चनपुर / भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४५ वर्षीय छाउना रानालाई आज चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको छ । खेतमा गहुँ काट्दै गरेका बेला चितुवाले रानालाई आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते रानाको सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया