निजी क्षेत्रबाट नेपालमै पहिलो पटक टायर उत्पादन सुरु

साझेदारीमा टायर आयात गरिरहेको नेपालको औधोगिक घराना बिशाल ग्रुपले भारतीय कम्पनीसँगकाे साझेदारीमा निजी क्षेत्रबाट पहिलो पटक नेपालमै टायरको उत्पादन थालेको छ ।

मोरङको कटहरी गाउँपाकिलामा भारतीय कम्पनीको सोझेदारीमा सो ग्रुपले लगानी गरेको ग्रिन टायर उद्योगले निजी क्षेत्रबाट पहिलो पल्ट नेपालमा टायर उत्पादन थालेको हो ।

कटहरीको औधोगिक करिडोरमा ३ बिगाह क्षेत्रफलमा फैलिएको ग्रीन टायर उद्योगबाट चार प्रकारका टायर उत्पादन भइरहेकाछन् । तत्काल ट्रयाक्टरको अगाडिको टायरका साथै मोटरसाइकल, स्कुटी र ई–रिक्साका टायर उत्पादन गरिरहेको छ । पूर्णतः ट्युवलेस रहेको ग्रिन टायरका उत्पादनहरूमा ‘लिक्विड’ पनि हाल्नु पर्दैन । ‘लिक्विड’बाट हुने रासायनिक प्रतिक्रियाले टायर खिइँदै जाने र यसको आयु छोट्टिने समस्या हुन्छ ।  आजको  नयाँ पात्रिका दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया