बुधबारदेखि अर्ना गणना हुँदै : आरक्षमा अर्ना संख्या बढ्ने अनुमान

इनरुवा । कोशी टप्पु वन्यजन्तु आरक्षले बुधबारदेखि आरक्षमा अर्ना गणना गर्ने तयारी गरेको छ । प्रत्येक दुई वर्षमा आरक्षले गरिदै आएको अर्ना गणना यो वर्ष तीनदिन चैत २८ देखि ३० गतेसम्म गर्ने गणनाको सबै तयारी पुरा भएको आरक्षले जनाएको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहका अनुसार दूरी र पहुँचका आधारमा कोशी पूर्व र पश्चिम तीन तीन ब्लक गरी जम्मा ६ वटा ब्लकमा बुधबार बिहानै देखि एकसाथ अर्ना गणना सुरु हुनेछ ।

जसअनुसार सुनसरीको हरिपुर,पश्चिम् कुसाहा र प्रकाशपुर क्षेत्रमा र सप्तरीको भागलपुर,पथरी र बदगमहा क्षेत्रमा प्रत्येक ब्लकमा प्राविधिक सहित आरक्ष कर्मचारी,सुरक्षाकर्मी गरी प्रत्येक ब्लगमा १० जनाका दरले अर्ना गणना गरिनेछन् । अर्ना गणनाका लागि ब्याइनाकुलर,क्यामेरा, जिपिएस,अर्ना गणना फारम,फिल्ड ड्यारीको प्रयोग गरेर गणना गरिने आरक्षका प्रमुख साहले बताए ।

प्रमुख साहका अनुसार २०३२ साल देखि २०७४ सालको वार्षिक गणना अनुसार प्रत्येक वर्ष आरक्ष क्षेत्रमा ७ दशमलव २७ प्रतिशतले अर्नाको संख्यामा वृद्धि भएको तथ्यांक रहेको छ । खाने,मास्ने,चोरीसिकारी नभएकोले यो वर्षपनि कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाको संख्या वृद्धि हुने साहको भनाइ रहेको छ ।

२०७२ सालको पछिल्लो गणना अनुसार आरक्षमा अर्नाको संख्या ४ सय ३२ रहेको थियो । जस मध्ये केहि महिनाअघि १३ वटा अर्ना आरक्षबाट चितवन स्थानतरण गरिएको थियो । अहिले आरक्षमा ४ सय १९ वटा अर्ना रहेका छन् ।

समसामयिक बिषयमा कलम चलाउनुहुने अालम पूर्वेली न्युजका इनरूवा सहकर्मी हुनुहुन्छ ।

मिकाइल अालमबाट थप

सीमा क्षेत्रमा अपराधिक गतिविधि रोक्न सहकार्य

सरोकारवालाद्वारा भाण्टावारी बजारमा सरसफाई

सडक दुर्घटनामा परी ४० वर्षिय शिक्षक बढुको मृत्यू

बेलुका ७ बजे काेशी अपडेट: पानीको बहाव उच्च

“सेफ जोन” मा तस्करलाई प्रहरीकै संरक्षण

वडाध्यक्षले कमिसनमा गुणस्तरहीन काम गराएको गुनासो

हात्ती आक्रमण बाट कोशी क्षेत्रमा एक जना घाइते (तस्विरहरू सहित)

भाण्टावारीमा सुरक्षाकर्मीको दोहोरो चरीत्र, नरसिंहबाट तस्करीको समान बरामद

राहत वितरणमा पक्षपात गरेको भन्दै बाढी पीडित आक्रोशित (भिडियाे सहित)

कोशीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

तपाईको प्रतिक्रिया