फाेहाेरकाे थुप्राेमा मृत शिशु फेला

रुकुम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा एक शिशु मृत अवस्थामा फेला परेको छ । नगरपालिका–ं ११ गिजागाड नजिकै आज बिहान– ६ बजेतिर एक शिशु फोहोरमा फालेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो ।
शव परीक्षणका लागि जाजरकोट जिल्ला अस्पताल खलंगामा पठाइएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको पनि उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया