यूएस बंगलाको विमान दुर्घटना : मृत्यु हुनेको संख्या ४७ पुग्यो ( १० तस्विरहरू)

काठमाडौं । यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४६ पुगेको छ । ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा दुर्घटना भएको हो । यो समाचार तयार पार्दासम्म दुर्घटना स्थलमा ४७ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । ३१ जनाको उद्दार गरिएकोमा ८ जनाको मृत्यु भएको एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिए । मृतकको संख्या बढ्नसक्छ । घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार बंगलादेशको ढाकाबाट आएको उडान नम्बर युबिजी–२११ भएको उक्त जहाजमा ६७ यात्रु र चालक दलका ४ सदस्य सवार थिए । विमान बंगलादेशबाट नेपाल आएको थियो । ३१ जनाको उद्दार गरिएकोमा ८ जनाको मृत्यु भएको एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिए । मृतकको संख्या बढ्नसक्छ । घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

यसरी भयो दुर्घटना

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार विमानस्थलले जिरो टु बाट अवतरणका लागि अनुमति दियो । यो भनेको विमानस्थलको उत्तरतिरबाट अवतरण गर्ने अनुमति हो । पाइलटले जानेर वा अनजानमा टु जिरोबाट अवतरण गराउन खोजे । गलत दिशातिरबाट अवतरण गराउन खोजेपछि विमानस्थलले ‘केही समस्या छ भनेर सोध्यो ?’

त्यसपछि विमान आकाशमा नै दुई फन्को लगायो । फेरि टावरले ‘आर यु ओके ?’ भनेर सोध्यो । पाइलटले ‘वि आर ओके’ भन्यो । तर, पनि विमानको अलाइन्मेन्ट मिलेको थिएन । त्यसपछि जिरो टुबाट ल्याण्ड गराइयो । विमान नेपाली सेनाको ह्याङ्गर नजिकबाट चिप्लिएर धवनमार्ग बाहिर गयो । त्यहाँ पार्किङ गरिएका विमानलाई केही भएन । तार भत्काउँदै खाल्डोमा गयो । हामी विमानको गलत अवतरणमा स्टान्डबाई थियौँ । तत्कार उद्दार सुरु भयो ।

छानविन गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेर विमान दुर्घटनाबारे जानकारी लिएका छन् । उनीसँगै गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेल पनि थिए । प्रधानमन्त्री ओलीले घटनाप्रति दुःख व्यक्त गरे । घाइतेहरुको उपचार सरकारले गर्ने बताए । उनले घटनाबारे छानविन गर्न सरकारले आयोग गठन गर्ने जानकारी दिए । घटनापछि आफूले बंगलादेशका प्रधानमन्त्रीसँग कुरा गर्ने प्रयास गरेको तर, सम्भव नभएको उनले सुनाए । तस्विर ः सामाजिक संजाल

PURBELI TV

तपाईको प्रतिक्रिया