रमपम झापा गोल्डकप – नेपाल पुलिस क्लब क्वाटरफाइनलमा प्रवेश

बिर्तामोड । रेजिन सुब्बाको एकमात्र गोलको मदतले नेपाल पुलिस क्लबले तेस्रो रमपम झापा गोल्डकपको क्वाटरफाइनलको यात्रा तय गरेको छ ।

खेलको एकमात्र निर्णायक गोलको लागि ८१ मिनेट पर्खनुपरेको थियो । ८१ औं मिनेटमा सुमन लामाको पासलाई सदुपयोग गर्दै सुब्बाले डि एरियाभित्रबाट गोल गरेका थिए ।

खेलको १८ औं मिनेटमा पुलीसका सुमन लामाको प्रहार पोष्ट बारमा लागेर फर्किएको थियो । २५ औं मिनेटमा पुलीसका रेजिन सुब्बाले गोलकिपर बिट भइसकेपछि गरेको प्रहार रुपन्देहीका डिफेन्डर गौरब बुढाथोकीले गोललाइनबाट बचाएका थिए ।

खेलको म्यान अफ द म्याच बिजेता नेपाल पुलीस क्लबका सुमन लामा घोषित भए । उनले नगर २५ हजार रुपैंया पुरस्कार पाए । सोमबारको खेल शसस्त्र प्रहरीको एपीएफ क्लब र थ्री स्टार क्लब बीच हुने आयोजक समितिले जनाएको छ । गोल्डकपको विजेताले नगद १२ लाख ५१ हजार र ट्रफी पाउनेछ ।

तपाईको प्रतिक्रिया