मोफसलमा भबिश्य खोज्दै कलाकार तुलसी घिमिरे

बहुमुखी प्रतिभाका धनी कलाकार हुन तुलसी घिमिरे,सानैदेखि नृत्यमा बिशेष रुचि राख्ने उनी गायन,र अभिनयमा पनि उत्तिकै दख्खल राख्छन । गाँउमा आफुभन्दा भन्दा अग्रज दाजुभाई दिदीबहिनीहरुले देउसी भैलो खेलेको देख्दा उनी झयालमा लुकेर हेर्ने गर्दथे । अग्रजहरुले शुरुमा असहयोग गरेपनि उनले हार खाएनन् । अन्तत् उनी नृत्य,गायन र अभिनयमा उत्तिकै पारंगत भए ।

सुनसरीको झुम्का पिडारीमा बि.स २०४७ मंसिर १ गते मातापिता शान्ता र बुद्धीप्रसाद घिमिरेको कान्छो सन्तानको रुपमा जन्मिएका उनले माध्यमिक तहसम्म अध्यायन गरेका छन । शुरुमा फुटबल खेलको बिचमा ब्रेक भएको समयमा उनी गाउने र नाच्ने गरेको सम्झन्छन । उनलाई नृत्य गर्ने खुबै सौख भएको र आफुभन्दा ठुला दाईहरुले नृत्य गर्न नदिँदा लुकीलुकी हेनै गरेको र सोही बमोजिम नक्कल गर्ने क्रममा आफुले सिकेको बताँउछन ।

गाँउका दाईहरुले पण्डिको छोराले त श्राद्ध र पुराण पढने हो कहाँ नाच्ने भन्दै आफुलाई नाच्न नदिएको उनी अहिलेपनि सम्झन्छन । दाई एकपटक त नाच्न दिनु न भनेर धेरै बिन्ति गर्दा बल्ल अबसर पाएको र त्याँहा प्रस्तुति राखेपछि चाँहि राम्रो रहेछ तिमीले नाच्नुपर्छ भनेर हौसला पाएको उनी बताउँछन । बि.स २०६३ सालमा काठमाण्डौ छिरेका उनी साधना कला केन्द्रका केही समय गायन र नृत्य सिकेपछि ईटहरी फर्किए । मोफसलमा बसेर केही गर्न सकिन्छ भन्ने लागेर उनी पुर्बाञ्चल कलाकार संघमा केही सिक्न छिरेका थिए । समय क्रमअनुसार उनी केही दिनमै त्याँहा बिद्यार्थीबाट गुरु बने र अरुलाई प्रशिक्षण दिन थाले ।

बि.स २०६६ सालदेखि नृत्य गर्न सिकेका उनले गायन र अभिनयलाई समेत सँगै अगाडी बढाए । उनका “ल्याङ ल्याङ भो ” र किस्ताबन्दीमा भन्ने गित स्रोता दर्शकहरुले खुबै रुचाए हाल उनी तरुनी नामको गीतको म्युजिक भिडियो निर्माणमा जुटेका छन । उनी नेपालमा चलेका हाँस्यकलाकारहरुको आवाज समेत नक्कल गर्न सक्छन ।

धेरै बिधामा हात हाल्दा समय अभाव र सबै क्षेत्रमा काम गर्न गाहे हुने भएका कारण पछिल्लो समय उनी गायन र अभिनयमा बिशेष ध्यान दिईरहेका छन । चलेको चलन र खबरदार नामक टेलिचलचित्रमा अभिनय र निर्देशन समेत गरेका उनी पछिल्लो समय टेलिचलचित्र “ल्याङ ल्याङ भो को निर्माणमा समेत जुटेका छन । मोफसलमा नै कर्मक्षेत्र बनाएर क्रियाशिल घिमिरे यहि क्षेत्रमा लागेर केही गर्ने लक्ष्य रहेको बताउँछन ।

तपाईको प्रतिक्रिया