जब बिहेको पार्टीमा बञ्चरो बोकेर पुगिन् श्रीमती

बिहेबाट भागेकी बेहुली प्रहरी चौकी पुगेर आफ्नो ज्यान बचाइदिन आग्रह गरिन् । प्रहरीले ती महिलाविरुद्ध उजुरी दर्ता गरेको छ । भारतको झारखंग राज्यको सुन्दरनगरको कदमडीहमा यो घटना भएको हो । यहाँका बीजेपी नेता सुबोध लोहारले ती महिलासँग २०१६ मै मन्दिरमा गोप्य बिहे गरेका थिए । मंगलबार ती दुईको सार्वजनिक रुपमा समाजका अगाडि बिहे भएको थियो ।

बुधबार यसैको भोज आयोजना गरिएको थियो । भोज चलिरहेका बेला सुबोधकी जेठी श्रमिती सुनिता कान्छी श्रीमती पूजामाथि बन्चरो लिएर जाइलागिन् । पहिले उनले त्यहाँ बजिरहेको म्युजिक बन्द गराइन् । त्यसपछि सौतामाथि कुटपिट गरिन् । हत्याको डरले पूजा पार्टी छोडेर प्रहरी चौकी पुगिन् ।

पूजाका अनुसार सुबोधले पहिले उनीसँग प्रेमको नाटक गरेर बिहेको बाचा गरेका थिए । पछि उनले बिहे गर्न अस्वीकार गरेपछि पूजाले महिला प्रहरीमा उजुरी दिएकी थिइन् । पछि सम्झौता भएपछि २६ जनवरी २०१६ मा उनीहरुको मन्दिरमा बिहे भएको थियो ।

बिहेपछि सुबोधकी जेठी श्रमिती सुनिता र परिवारले आफूलाई कुटपिट गर्न लागेको पूजाले बताइन् । कुटपिटका कारण आफ्नी बहिनीको घरमा बसिरहेकी पूजालाई सुबोधले आइतबार सबैका अगाडि बिहे गर्ने भन्दै ल्याएका थिए । सुबोधले त्यहीअनुसार समाजका अगाडि बिहे गरे पनि उनकी पत्नीले आफूलाई मार्ने प्रयास गरेको पूजाको आरोप छ ।

तपाईको प्रतिक्रिया