पहिरोमा पुरिएका आठ शव निकालियो

जाकार्ता । इन्डोनेसियाको जाभा प्रान्तमा बिहीबार गएको पहिरोमा परी ज्यान गुमाएका आठ व्यक्तिको शव उद्धारकताहरुले बाहिर निकालेका छन् । यस पहिरोमा अझै १३ जना किसान पुरिएर रहेका अधिकारीहरुले जानकारी दिएका छन् । पहिरोमा अरु पनि केही व्यक्ति पुरिएको अनुमान गरिएको छ । यसमा परेकाहरुको उद्धारकार्य जारी रहेको जाकार्ताबाट प्राप्त समाचारमा जनाइएको छ ।

यहाँको बे्रबस जिल्लाको पासिर पान्जाङ गाउँमा गएको यस पहिरोको उद्धारका लागि आवश्यक अत्याधुनिक उपकरणहरु प्रयोग गर्न नसकेका कारण उद्धारकार्यमा कठिनाई भएको बताइएको छ । पहिरो गएको क्षेत्रको भौगोलिक विकटताका कारण यसरी उद्धारका लागि उपकरण प्रयोगमा कठिनाइ उत्पन्न भएको अधिकारीहरुले जनाएका छन् ।

यस उद्धारकार्यमा प्रहरी, सेना र स्थानीयवासीको समेत सहभागीता रहेको प्रकोप नियन्त्रण कायाशर््लयले जनाएको छ । यस पहिरोमा परेका १४ किसानहरुलाई जिवीतै उद्धार गरिएको तर सामान्य रुपमा घाइते भएका सो नियकायले जनाएको छ । घाइतेहरुको नजिकैकाके अस्पतालमा उपचार भईरहेको छ ।

तपाईको प्रतिक्रिया