एपिएफ र न्यू डायमण्ड सेमिफाइनलमा

पालगञ्ज, ५ फागुन/ नेपालगञ्जमा जारी प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताअन्तर्गत आज दुई खेल सम्पन्न भए । प्रतियोगिताको पहिलो खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लवले घरेलु टोली बागेश्वरी युथलाई २५–१२, २५–१४ र २५–९ को सोझो सेटमा हरायो । यसैगरी, आजै भएको दोस्रो खेलमा काठमाडौँको शिवम् न्यू डायमण्डले भारत देहरादुनको स्पोर्टस् ट्रेनिज क्लबलाई २५–८, २५–९ र २५–४ ले पराजित ग¥यो । यो जितसँगै दुवै टोलीले सेमिफाइनलको यात्रा तय गरेका छन् ।

प्रतियोगिताअन्तर्गत भोलि एपिएफ र नेपाल पुलिस क्लब तथा शिवम् न्यू डायमण्ड र बंगलादेशको इफाद क्लबबीच सेमिफाइनलका खेल हुनेछ ।

तपाईको प्रतिक्रिया