करणको विष्फोटक ब्याटिङसँगै नेपालको विजय, नेपालले विश्वकप छनोट खेल्ने पक्का

काठमाडौं, २ फागुन । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ को अाज भएकाे क्यानडाविरुद्धको खेलमा नेपालले सनसनीपूर्ण विजय निकालेको छ । यो जितसँगै नेपालले विश्वकप छनोट खेल खेल्ने पक्का भएको छ ।

क्यानडाले दिएको १९५ रनको विजयी लक्ष्य बलर करन केसीको बिष्फोटक ब्याटिङले पुरा भएको हो। करन केसीले बिष्फोटक ब्याटिङ गर्दै ३१ बलमा ४२ रन बनाए। उनले असम्भव जस्तो खेललाई चार छक्का र तीन चौका हान्दै नेपाललाई विश्वकप नजिक पुर्‍याए।

तपाईको प्रतिक्रिया