उत्सव मनाउने क्रममा ४० को मृत्यु

लापाज, २ फागुन / बोलिभियामा चलेको एक पर्व मनाउने क्रममा भएका विभिन्न दुर्घटनाहरुमा परी कम्तीमा पनि ४० जनाको ज्यान गएको समाचार छ । त्यस उत्सवका क्रममा खासगरी सवारी दुर्घटनामा परी तीमध्ये अधिकांशको मृत्यु भएको समाचारमा जनाइएको छ । यस क्रममा कतिपयको झडपमा हत्या पनि भएको यहाँको गृहमन्त्रालयले जनाएको छ ।

यी दुर्घटनाहरुमा परी १०० जना भन्दा बढी व्यक्ति घाइते भएका सरकारले मङ्गलबार सार्वजनिक घोषणा गरेको बताइएको छ । यहाँका गृहमन्त्री कार्लोस् रोमेराले मृत्यु हुनेमा प्राय कार दुर्घटनाको कारण बढी देखिएको बताउनुभएको छ । अघिल्लो सप्ताहान्तलाई बोलिभियनहरुले ‘कार्निभल फेस्टिवल’ नाममा मनाउने गरेका छन् । तीन दिनसम्म जारी यस पर्वको क्रममा भएका दुर्घटनामा कम्तीमा ४० को मृत्यु हुनुको साथ अन्य १२४ जना घाइते भएका बताइएको छ ।

अझै पनि यो तथ्याङ्कमा वृद्धि हुनसक्ने पनि अधिकारीहरुले जनाएका छन् । उनीहरुले देशैभरि मनाइने यस पर्वमा भएको हताहतको तथ्यांक अझै आउन सक्ने बताएका छन् । सरकारले तयार पारेको यस प्रतिवेदनअनुसार १५ जना सडक दुर्घटनामा र अन्य आठ जना घुम्ती खाजा पसलनजिक भएको विस्फोटबाट मृत्यु भएको ।
सन् २०१७ को यही पर्व मनाउने क्रममा भएका दुर्घटनामा ६७ व्यक्तिको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया