फेब्रुअरी १४ मा विश्वभर यसकारण मनाईन्छ भ्यालेन्टाईन डे

ईटहरी/ हरेक बर्ष बिश्व भरी आ-आफ्नो जोडिलाइ विभिन्न उपहार दिएर फेब्रुअरी १४ मा मनाइने विशेष पर्व हो `भ्यालेन्टाइन डे´। भनिन्छ संसार बिश्वासमा चलेको छ, हो यहि नियमको एउटा जलन्त उदाहरण हो प्रेम दिबस अर्थात `भ्यालेन्टाइन मै डे´। तेस्रो शताब्दीमा रोममा घटेको एउटा सच्चा प्रेमिलको बिषयबस्तुलाइ जिबन्त राख्न यो पर्व फेब्रुअरी १४ कै दिन बिश्वभर मनाइन्छ त्यस्तै खुशिहरु एकआपसमा साटासाट गर्दै विभिन्न उपहार समेत दिइन्छ ।

रोममा तेस्रो शताब्दी तिर सेन्ट भ्यालेनटाइन र एक युबतिको निकै गहिरो प्रेमसम्बन्ध थियो । सेन्ट भ्यालेन्टाइन एक सच्चा सिपाही थिए । उक्त समयमा राज्यभार गरिरहेका राजा `क्लाउडिस दोश्रो´ले आफ्ना सिपाहीहरुलाई ध्यान एकीकृत गर्न र आफ्ना सिपाहीहरु खराब नहुन भनी बिबाह गर्नबाट बन्चित गरेका थिए । तर राजाको नियम बिपरित सेन्ट भ्यालेन्टाइनले मनपराएको युवती संग गोप्य रूपमा मागी बिबाह गरेका थिए । उनिहरुको जोडि निकै मिलेको र सुन्दर थियो ।

राजाको हुकुम बिपरित गरेको भन्दै फेब्रुअरी १४ का दिन उनलाई मारियो । त्यस दिन मर्नुभन्दा अगाडि उनले आफ्नी धर्मपत्नीलाई पत्र समेत लेखेका थिए । उक्त पत्रको अन्त्यमा `तिम्रो भ्यालेन्टाइन´लेखिएको थियो । भ्यालेन्टाइनको मृत्यु पछि उनकी श्रीमतीले उनको चिहान वरिपरि `अल्मोन्ड´का बिरुवा रोपेकी हुनाले त्यस वृक्षलाई जिबन्त प्रेमको संकेतको रूपमा लिइन्छ । यहि घटनाको कारण फेब्रुअरी १४ बिश्वभर `भ्यालेन्टाइन डे´को नामले परिचित छ ।

तपाईको प्रतिक्रिया