पार्टी एकीकरणको प्रक्रिया अन्तिम चरणमा छ –नेता शर्मा

धरान / माओवादी नेता जनार्जन शर्मा प्रभाकरले पार्टी एकीकरणसंगै स्थायी सरकार बन्ने र मुलुकले समृद्धि प्राप्त गर्ने बताउनुभएको छ ।पूर्व मन्त्री समेत रहनु भएका नेता प्रभाकरले ऐतिहासिक रुपमा वामपन्थीहरु एक ठाउमा आइसकेको र पार्टी एकीकरणको प्रक्रिया अन्तिम चरणमा पुगेको बताउदै यसमा कसैले पनि शंका नगर्न आग्रह गनुर््भयो ।

नेता प्रभाकरणले नेकपा माओवादी केन्द्र धरान नगर कमिटीले आयोजना गरेको २३ आंै जनयुद्ध दिवस तथा रक्तदान दिवसमा सहभागी हुन तथा विश्व रेडियो दिवसको अवसरमा जनयुद्धकालीन रेडियो रेडियो गणतन्त्रको निरीक्षण गर्न धरान आउने क्रममा यस्तो बताउनुभएको हो ।

नेता प्रभाकरले दुई वटा पार्टीबीचमा कसले नेतृत्व लिने भन्ने कुरामा पनि सहमत भइसकेको बताउदै अब चाडै नै एकीकरण भएर वाम घटक एक ठाउमा आउने र स्थायी सकार निर्माण गर्ने बताउनुभयो ।

फरक प्रसंगमा नेता प्रभाकरले सञ्चार क्षेत्रको विकासमा रेडियोको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाले जनयुद्धकालीन अवस्थामा सञ्चालित रेडियोहरु धमाधम बन्द भएको प्रति चिन्ता व्यक्त गर्दै अब फेरि यस्ता रेडियोहरु सञ्चालनमा नीति बनाएर अगाडि बढ्ने आश्वास समेत दिनुभयो ।

 

तपाईको प्रतिक्रिया