केन्याले नेपाललाई १७८ रनको चुनौती दियो

काठमाडौँ । नामिवियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत आज भएको खेलमा केन्याले नेपाललाई १७८ रनको चुनौती दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको केन्याले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै १७७ रनको योगफल बनायो ।

केन्याका लागि सुरुवाती व्याट्सम्यान इरफान करिमले सर्वाधिक ४२ रन तथा अर्का सुरुवाती व्याट्सम्यान एलेक्स ओबान्डाले ४१ रन जोडे । त्यसैगरी कोलेन्स ओबुयाले २७, नेल्सन ओधिम्बोले २४ रन तथा सेम नोगोचेले अविजित २३ रन जोडे ।

केन्यालाई १७७ रनमा समेट्नेक्रममा नेपालका सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिए । उनले १० ओभर बलिङमा ५ मेडन राख्दै ५ विकेट लिएर २० रन मात्र दिए । त्यसैगरी, सोमपाल कामी, बसन्त रेग्मी र शरद भेषवाकरले समान एक÷एक विकेट लिए । अहिले नेपाल जवाफी ब्याटिङ्मा उत्रिएको छ ।

तपाईको प्रतिक्रिया