शरणार्थी महिला र बालबालिकाप्रति राष्ट्रसंघको चासो

जेनेभा । संयुक्त राष्ट्रसंघले शरणमाग्दै विभिन्न स्थानमा पुगेका शरणार्थी महिला र बालबालिकाको अवस्थाप्रति चिन्ता व्यक्त गरेको छ ।
यसरी शरण मागेर शिविरमा बस्ने गरेका महिला र बालिकामाथि यौनहिंसा तथा यौनजन्य दुव्र्यवहार बढ्ने गरेको पाइएको राष्ट्रसंघीय शरणार्थी नियोग, युएनएचसिआरले जनाएको छ ।

हालै गरिएको एक सर्वेक्षणमा उनीहरुमाथि यस्तो दुव्र्यवहार हुने गरेको पाइएको छ । उक्त नियोगकै संलग्नतामा हालैमात्र ग्रिसमा रहेको शरणार्थी शिविरमा गरिएको एक अनुसन्धानबाट यस्तो अवस्था देखिएको पाइएको थियो ।

उक्त नियोगले भनेको छ, हामीले हालै पाएको यस्तो अवस्थाबाट हामी निकै चिन्तित छौँ र यसको निराकरणका लागि सबैको उत्तिकै सहयोगको अपेक्षा गरेका छौँ । उक्त नियोगले यो अवस्थाको निराकरणका लागि सरकारलाई नै आग्रह गरेको छ । सन् २०१७ मा यस्तो सर्वेक्षण गरिएको थियो ।

नियोगका अनुसार ग्रिसको ग्रिस एजिङ टापूमा रहेका शरणार्थी शिविरहरुमा यस्तो अनुसन्धान गरिएको थियो । उक्त अनुसन्धानमा सहभागी भएका ६२२ जना आप्रवासी शरणार्थीमध्ये २८ प्रतिशतले आफूहरुमाथि यौनजन्य हिंसा र लैंगिक हिंसा गरिएको बताएका थिए ।

तपाईको प्रतिक्रिया