धनकुटा कांग्रेसका सभापति सहित सवैले दिए सामुहिक राजिनामा

धनकुटा, ६ माघ । धनकुटालाई उपेक्षा गर्दै प्रदेश नम्बर १काे  अस्थायी मुकाम बिराटनगर ताेकेकाे भन्दै  धनकुटा कांग्रेसका सवैले दिए राजिनामा दिएका छन् । पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले धनकुटालाई अन्याय गरेको भन्दै कांग्रेस जिल्ला सभापतिसहित सवै पदाधिकारी र सदस्यहरुले सामुहिक राजिनामा दिएका हुन् ।

नेपाली कांग्रेस धनकुटाले आज साँझ अायाेाजना गरेकाे पत्रकार सम्मेलनमा  जिल्ला , गाउँ तथा नगर समिति, भातृ संस्थाका पदाधिकारी लगायतले साधारण सदस्यसमेत नरहनेगरी सामुहिक राजिनामा दिएको जानकारी गराएको थियाे ।

पत्रकार सम्मेलनमा बाेल्दै पार्टी सभापति अग्नी प्रशाद पौडेलले धनकुटालाई अन्याय हुँनेगरी कांग्रेस नेतृत्वको सरकारले निर्णय गरेकाले सवैले राजिनामा दिनुपरेको जानकारी दिएका छन् । राजिनामा पश्चात पार्टी कार्यालयमा कालो झण्डा गाडेर कार्यालय बन्द समेत गरिएको छ । तस्वीर साैजन्य : रबिन कटेल

तपाईको प्रतिक्रिया