सर्वाधिक राशीको मदन भण्डारी स्मृति इटहरी गोल्डकप शुरू : उदघाटन खेलमा थ्रिस्टारसंग एपीएफ पराजित

इटहरी /राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वभर देशको छवि र समृद्धिको शिखर उचाइमा पु¥याउनका लागि खेल जगतले महत्वपूर्ण योगदान पु¥याउने भएकाले यस क्षेत्रप्रति राज्य अतिसंवेदनशील भएर अघि बढ्न जरुरी रहेको कुरामा सवैको ध्यानाकर्षण गराउनु भएको छ ।
राष्ट्रपति भण्डारीले इटहरीको सबैभन्दा पुरानो राष्ट्रिय जागृति क्लबको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद्को संयोजन र मदन भण्डारी प्रतिष्ठानको सहयोगमा आजदेखि इटहरी रङ्गशालामा आयोजित स्व जननेता मदन भण्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटनपछि बोल्दै उक्त कुरा बताउनुभएको हो ।

राष्ट्रका लागि आवश्यक स्वस्थ नागरिक तयारीसँगै अनुशासित युवा पुस्ता उत्पादन गर्नका लागि खेल क्षेत्रको महत्वपूर्ण भूमिका रहने भएकाले यसको माध्यमबाट विश्वभर देशको गरिमा माथि उकास्न युवाप्रति राज्यले लगानी गर्न जरुरी रहेकाे बताउदै राष्ट्रपति भण्डारीले जननेता स्व भण्डारीको नामबाट खेलकुदको हव बन्दै गएको इटहरीमा यति ठूलो पुरस्कार राशिको मदन भण्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल खेलको आयोजना हुनु पनि आफैँमा ऐतिहासिक कार्य भएकोमा पनि बताउनुभयाे ।

नेपालकै सर्वा्धिक पुरस्कार राशी मानिएको स्व. मदन भण्डारी मेमोरियल इटहरी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता शनिबारबाट सुरू भएको छ । राष्ट्रपति बिद्यादेवि भण्डारीको हातबाट समुदघाटन भएको फुटबल प्रतियोगिताको पहिलो खेल अन्तरगत शनिबार भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब काठमाण्डौको थ्रिस्टार फुटबल क्लबसंग २ – १ ले पराजित भएको छ ।

पूर्वाञ्चल क्षेत्रीय रंगसाला इटहरीमा भएको पहिलो उदघाटन खेल अन्तरगत रुस्लान थ्रिस्टार क्लव काठमाण्डौले शसस्त्र प्रहरीको एपिएफ टिमलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमी फाईनलमा प्रवेश गरेको छ । समुह ए बाट पहिलो खेलबाट नै सेमी फाईनलमा प्रवेश गरेको रुस्लान थ्रिस्टारका खेलाडी अजयी मार्टिनले पहिलो हाफको ३८ मिनेटमा बुद्ध चेम्वोङको पासमा सुन्दर गोल गर्दै आफ्नो समुहलाई बिजयी नजिक पूर्याएका थिए ।

सशस्त्र प्रहरीको एपिएफले थ्रिस्टार बिरूद्ध गोल गर्ने थुप्रै मौका पाएपनि अवसर चुकाउदा खेलको पहिलो हाफ एक शुन्यमा कायम रहेको थियो । हाफ पछि सुरू भएको खेलको २ मिनेटमै थ्रिस्टारका खेलाडी अजयी मार्टिनले पुनः अर्काे गोल गर्दै आफ्नो टिमलाई बिजयी बनाउन सफल भएका थिए । खेलकै क्रममा रुस्लान थ्रिस्टारका खेलाडी पिटर सेमनले आत्माघाती गोल गरी एपिएफलाई शुन्यहुनबाट जोगाएका थिए ।

निकै रोचक र प्रतिस्पर्धात्मक फुटबल प्रतियोगितामा म्यान अफदि म्याच थ्रि स्टारका मार्टिन घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । आइतबार मनाङ्ग मस्र्याङ्गदी क्लब काठमाडौ र रमपम झापा ११ बिच खेल हुने आयोजक राष्ट्रिय जागृति क्लब इटहरी ले जनाएको छ । प्रतियोगितामा बिजेता टिमले १२ लाख, र उपबिजेटा समुहले दोस्रो हुनेले ६ लाख नगद पुरस्कार पाउनेछन ।

तपाईको प्रतिक्रिया