फाइनलमा आयोजक र पुलिस भिड्ने

धरान । प्रदेश नं. १ स्तरीय दोस्रो पानवारी भलिवल प्रतियोगिताको फाइनलमा आयोजक टिम सयपत्री बोइज युनियन क्लबव र विभागीय टिम प्रहरी बिच प्रतिष्पर्धा हुने भएको छ । आइतबार धरान–६ स्थित सिमलचौरी खेल मैदानमा भइरहेको प्रतियोगितामा दुवै टोलीले सेमिफाइनलमा जित निकालेर फाइनल यात्रा तय गरेका हुन् ।

आइतबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक सयपत्री बोइज युनियन क्लबले धरान भलिबल क्लबलाई ३–१ को सेटमा हराउदै फाइनल पुगेको हो । आयोजकले पहिलो सेट २५–२३ ले जितेको थियो भने दोस्रो सेट १९–२५ ले हारेको थियो । अत्यन्तै प्रतिष्पर्धात्मक रहेको खेलको तेस्रो सेट आयोजक टिमले २६–२४ ले आफ्नो पक्षमा पार्न सफ भएको थियो ।

खेलको चौथो सेट भने आयोजक टिमले अघिल्लो सेटको तुलनामा सहज जित दर्ता ग¥यो । आयोजकले चौथो सेट २५–२० ले जित्दै फाइनल यात्रा तय गरेको हो । खेलको म्यान अफ द म्याच आयोजक टिमका स्पाइकर आतिस मगर घोषित भएका थिए ।

त्यस्तै गरी आइतबार नै भएको दोस्रो सेमिफाइनलमा सघर्षपूर्ण जित निकाल्दै १ नं. प्रदेश प्रहरी कार्यालय रानी टिम फाइनल पुगेको छ । प्रहरीले झापा टाइगरलाई ३–२ सेटले पराजित गरेको थियो । पहिलो र दोस्रो सेट गुमाएको प्रहरीले उत्कृष्ट पुनरागमन गर्दै झापालाई स्तब्ध पारेको थियो । पहिलो सेट प्रहरीले २२–२५ ले गुमाएको थियो भने दोस्रो सेट १८–२५ ले गुमाएको थियो ।

दोस्रो सेट गुमाएपछि प्रहरीले खेलमा लय समाउदै झापालाई तेस्रो सेटमा सहजै जितेको थियो । तेस्रो सेट प्रहरीले २५–१७ ले जितेको थियो । चौथो सेट एकदमै प्रतिष्पर्धात्मक रहेको खेलमा प्रहरीले २६–२४ ले आफ्नो पक्षमा पारेको थियो । खेलको अन्तिम तथा निर्णायक सेटमा प्रहरीले १५–१२ ले पाखा लगाउदै फाइनल यात्रा तय गरेको थियो । खेलको म्यान अफ द म्याच झापाका आशिष कार्की घोषित भएका थिए । गतवर्ष झापा टाइगरलाई नै सेमिफाइनलमा पराजित गरी प्रहरी टोली फाइनलमा पुगको थियो भने फाइनलमा डुम्राहा भलिबल क्लबसँग पराजित भएको थियो ।

फाइनल मंगलबार विहान १० बजेदेखि सुरु हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको विजेता टिमले ३५ तोलाको चाँदीको रनिङ ट्रफिका साथै नगद रु ५१ हजार पुरस्कार प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले नगद रु ३१ हजार पुरस्कारका साथै ट्रफि र मेडल प्रदान गरिने प्रतियोगिताका खेल संयोजक राजेन्द्र न्यौपानेले जानकारी दिएका छन् । त्यस्तै प्रतियोगितामा विभिन्न विद्यागत उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गरिने समेत आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा प्रदेश नं. १ का विभिन्न १२ टिमको सहभागिता रहेको थियो ।

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

६६ हजार नगद सहित धरानबाट ७ जुवाडे पक्राउ

पानवारी भलिबल : बोइज युनियनलाई पराजीत गर्दै उपाधी पुलिसकाे पाेल्टामा

धरान प्रज्ञा प्रतिष्ठानले खुल्ला नृत्य प्रतियोगिता आयोजना गर्दै

फाइनलमा आयोजक र पुलिस भिड्ने

गोधुली कपमा धरान–१७ काे एतिहासिक जित

पानवारी भलिबल : महेन्द्र बहुमुखी पराजीत गर्दै सयपत्री बोइज दोस्रो चरणमा प्रवेश

पानवारी भलिबल : झापा टाइगरसँग डुम्राहा पराजित

धरानमा दाेश्राे पूर्वाञ्चल स्तरीय पुष्प प्रदर्शनी मेला शुरु

धरानमा बिद्यालयस्तरीय मेयर कप हुने

धरानमा अर्गानिक तरकारी बजार

तपाईको प्रतिक्रिया