तिब्र शहरिकरणले भक्तपुरको औद्योगिक क्षेत्र धरासायी बन्दै

भक्तपुर । तिब्र शहरी बिकाससँगै भक्तपुरका उद्योगधन्दाहरु धरासायी बन्दै गइरहेको उद्योगी ब्यवसायीहरुले बताएका छन् । रफत सञ्चार क्ल्बमा आइतबार आयोजित कार्यक्रममा उद्योग बाणिज्य संघ भक्तपुरका अध्यक्ष केपी अवालले उद्योगको बिस्तार र ब्यवसायको पाटो पहिचान गरि शहर बिस्तार गर्न नसक्दा उद्योगव ब्यवास धारासायी बन्दै गएको बताउनु भयो ।

उहाँले भक्तपुरको समग्र औद्योगिक विकासमा उद्योग बाणिज्य संघले सकारात्मक भूमिका खेल्दै आएता पनि सरकार र स्थानीय सरकाले लागनीमैत्री वातारण निमार्ण गर्न नसक्नु र सामान्य पूर्वाधारको तयार गर्न नसक्नुनै भक्तपुरको उद्योग फष्टाउन नसकको बताउनु भयो ।
कार्यक्रममा संघका महासचिव शिव मानन्धरले भक्तपुरको औद्योगिक र पर्यटकिय विकासका लागी सरकार समेत उदासीन रहेको बताउनु भयो ।

यहाँका उद्योग व्यवसायलाई उपभोक्तामैत्री बनाउने अभियानमा संघ सक्रिय भइरहेको जानकारी दिदैं मानन्धरले औद्योगिक विकासका लागी थप औद्योगिक क्षेत्रको स्थापना गरिनुपर्ने जोड दिनु भयो ।

तपाईको प्रतिक्रिया