मृत्युसँग लडदै गर्दा भुजेलले भने, बाँच्ने प्रेरणा दिने सबैलाई साधुवाद !

ईटहरी । क्यान्सर रोगबाट ग्रसित गणेश ब. भुजेल यतिबेला मृत्युसँग लडिरहेका छन । उनले बाँच्ने आश गुमाईसकेका बेला करिब ६ महिना अघि उनको उपचारमा आर्थिक अभाव भएको समाचार प्रकाशित भएपछि उनलाई देश तथा बिदेशबाट आर्थिक संकलन भयो र उपाचार पनि भयो । तर बिडम्बना ६ महिनापछि उनको समस्या फेरी बल्झियो । अपरेसन पश्चात अहिले पुनः देब्रे गालाे सुन्निएकाे र घाँटीमा टाँका मारेकाे ठाँउमा  सुन्निएर प्वाल परेकाे छ ।

भरतपुर क्यान्सर अस्पतालले उनलाई अब उपचार सम्भब छैन भनेर फर्काइदिएको छ । यतिबेला उनी घरमै आराम गरिरहेका छन । उनले पुर्बेली न्युज सँग कुरा गर्दै भने उपचारपछि सकुसल हुन नसके पनि थोरै समय भए पनि बाँच्ने मौका पाएर खुसी छु । पहिले नै जिवनसँग हारेको मान्छे म मलार्इ नयाँ जिवन दिनुभयो । अब त उपचार नै सम्भव छैन । तरपनि म खुसी छु । किनकी मैले अहिले पाएको जीवन भनेको नयाँ जिवन नै हो । मलाई यो नयाँ जीवन दिने सबै देश तथा बिदेशका दाताहरुलाइृ साधुवाद !

आर्थिक अभावका कारण उपचारको अभावमा छटपटाईरहेका संखुवासभा जिल्लाको मादी नगरपालिका ६ का गणेश बहादुर भुजेलका बारेमा पुर्बेली न्युजले समाचार प्रकाशन गरेपछि उनलाई देशतथा बिदेशबाट रकम संकलन गरी भरतपुर क्यान्सर अस्पतालमा उपचार गरिएको थियो ।

ओठमा आएको घाउ फैलिएर मुख नै बांगो बनाएपछि उनलाई भरतपुर क्यान्सर अस्पतालमा साउन ३२ गतेको अप्रेसन गरिएको थियो । आँखा भरी आँशु पार्दै भक्कानीदै पिडित भुजेलले –अब त सायद उपचारै नभई मरिन्छ होला ! गाँउघरबाट पनि चन्दा संकलन भइरहेको तर भने जस्तो रकम संकलन नहुदा उपचार नभइ मरिने पो होकी भन्ने चिन्ताले सताएको छ । भन्दै गुनासो गरेको समाचार र भिडियो प्रकाशन र प्रसारण भएको थियो ।

अभाव र गरिबीका कारण शरिरमा रोग फैलिँदा समेत उनले उपचार गर्न पाएनन । जब रोग अन्तिम अबस्थामा पुग्यो । तब मात्र उनले उपचार पाए । शुरुमा भुजेलको ओठमा सानो टीका जस्तो घाऊ निस्कियो । ३ महिना अघि सुरु भएको सो घाऊ फैलिदै यतिबेला पुुरै मुख नै बाङगो भइसकेको छ । क्यान्सरको आशंका गरि भरतपुर क्यान्सर अस्पताल जाँदा उनलाई क्यान्सर भएको अस्पतालले प्रमाणित गरेको थियो ।

तपाईको प्रतिक्रिया