इटहरीमा नेल्टाकाे एक दिवशिय कार्यसाला गाेस्ठी सम्पन्न

इटहरी । नेपाल अंग्रेजी भाषा शिक्षक संघ सुनसरी (नेल्टा )ले शनिबार एक दिवशिय प्रस्तावना लेखन सम्बन्धी कार्यसाला गाेस्ठी सम्पन्न गरेकाे छ । सुनसरीमा रहेका सामुदायिक तथा संस्थापक बिद्यालय लगायत कलेजमा रहेका अंग्रेजी भाषा शिक्षकहरूकाे ब्यापक उपस्थितिमा साे गाेस्ठी सम्पन्न भएकाे हाे । अंग्रेजी भाषा शिक्षकहरूलार्इ प्रस्तावना तथा सिर्जनात्मक लेखन अभ्यासमा जाेड दिदै उनिहरूकाे क्षमता बिकास गर्ने उद्येश्य सहित अायाेजना गरीएकाे कार्यक्रममा नेल्टाकी केन्द्रिय अध्यक्ष माेतिकला शुब्बा देवान, र नेल्टाकी तालिम संयाेजक सरीता देवान सहजकर्ताकाे भुमिकामा रहनुभएकाे थियाे ।

इटहरीस्थित इन्टरनेस्नल कलेजकाे सभाहलमा सम्पन्न कार्यक्रममा सामुदायिक तथा संस्थापक र कलेजका गरी ५० बढी अंग्रेजी भाषा शिक्षाकहरूकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा स्वागत मन्तब्य राख्दै इटरी इन्टरनेश्नल कलेजका अध्यक्ष बाेधराज नेपालले नेल्टा संग सहकार्य गरी काम गर्न पाउदा अाफ्नाे कलेज प्रसाशन दंग बनेकाे र भाेलिका दिनहरूमा पनि साथ सहयाेग गरिरहन अनुराेध गरेका थिए ।

क्याम्ब्रिज युनिभर्सिटी प्रेस इण्डियाकाे सहकार्यमा भएकाे एक दिवशिय कार्यसाला गाेस्ठीमा नेल्टाका उपाध्यक्ष गाेविन्द पुरीले उपस्थित सबै अंग्रेजी भाषा शिक्षकलाृइ स्वागत गर्दै कार्यक्रमकाे महत्व बारे प्रकास पारेका थिए । उनले सुनसरी नेल्टाले स्थापना कालदेखिनै बिभिन्न जिल्ला एवम क्षेत्रका अंग्रेजी भाषा शिक्षकहरूकाे क्षमता तथा सिप बिकास सम्बन्धि बिभिन्न गाेस्ठी एवम कार्यक्रमहरू गर्दै अाइरहेकाे बताए ।

तपाईको प्रतिक्रिया