इटहरी जनप्रतिनिधिहरूकाे अाधाबर्ष : बिकास शुन्य : सिएफएल काण्डमा २० लाख भ्रस्ट्रचार 


इटहरी ।  स्थानीय निर्वाचन सम्पन्न भइ जनप्रतिनिधिहरू चुुनिएर अा अाफ्नाे कार्यभार सम्हालेकाे पुस अन्तिम अाइपुग्दा ६ महिना बितेकाे छ । दोश्रो चरण अन्तरगत गत असार १४ गते प्रदेश नं १, २, ५ र ७ का ४३ जिल्लामा स्थानीय निर्वाचन सम्पन्न भएको थियो ।सोही निर्वाचन पश्चात इटहरी उपमहानगरले २० बर्षपछि स्थानीय जनप्रतिनिधीहरू पाएको पुस अन्तिम सम्म अाइपुग्दा ६ महिना बितिसकेकाे हाे ।

साे अवधीमा इटहरी उपमहानगर क्षेत्रमा बिकासका कुनै स्मरणीय पल देखिएन तर बिवादका बिच मेयर , उपमेयर लगायत स्थानीय वडाध्यक्ष सहित सदस्यहरूपनि अालाेचित बनिरहे । जनप्रतिनिधीहरू चुनिए लगत्तै सुरूवाती क्षणमा मेयर द्वारीकलाल चाैधरीले सार्वजनिक जग्गा खाेजी अभियानलार्इ तिब्रता दिदै केही स्थानहरूमा ड्राेजर नै चलाए तर उक्त अभियान ४८ घण्टा बित्न नपाउदै त्यतिकै सेलायाे ।

सुरूवाती दिनहरूमा मेयर द्वारीकलाल चौधरीले सार्वजनिक जग्गाको खोजी साथै नगर क्षेत्रमा सरसफाई , कर्मचारी संयन्त्र लगायत केही आशलाग्दो कदम चालेका थिए । तर कर्मचारी सम्यन्त्र नै बलियाे नभएपछि मेयरका सबै याेजनाहरू फेल हुदै गए जसका कारण उनि असफल नेतृत्वकर्ता संगै बिवादकाे भुमरीमा पनि रूमलिए । निर्वाचन अधिकृितकाे कार्यालय इटहरीबाट सपथ ग्रहण गरी अर्थात असार २६ गतेबाट काम सुरू गरेकाे जनप्रतिनिधीहरूले ६ महिनाकाे अवधीमा कुनै वडाहरूमा अासलाग्दाे काम गर्न सकेका छैनन । याेजना मात्रै बनाएर कार्यालयमा थन्काएका कारण भने जस्ताे वडाहरूमा पनि बिकासका कुनै खाका अहिले सम्म तयार भएका छैनन  ।

साउन १ गतेबाट कार्यभार समहालेका इटहरीका जनप्रतिनिधीहरूबाट नगरवासीहरूले ठुलाे अाश गरेका थिए । इटहरीभित्रका समस्याहरू ढिलै भएपनि सामधान हुनेमा बिश्वस्त बनेका नगरवासीहरू उपमहानगरभित्रकाे सिएफएल काण्डकाे पर्दाफासपछि झनै रूस्ट बनिन पुगे । इटहरीका जनप्रतिनिधीहरूले ६ महिनाकाे अवधिमा केही वडाहरूमा सुधारात्मक कार्यहरू गरे भने साेही अवधिसम्म २० लाख भ्रस्ट्रचार गरेकाे अाराेप पनि लागेकाे छ ।

उपमहानगरले चाडपर्वकाे समयलार्इ मध्यनजर गर्दै खरिद गरेकाे सिएफएल बल्व प्रकरणमा गठित छानविन समितिले २० लाख रकम भ्रस्ट्रचार भएकाे स प्रमाण मेयर द्वारिकलाल चाैधरीलार्इ बुझाएपछि जनप्रतिनिधीहरूलार्इ यसकाे नमिठाे दाग लाग्याे जुन सधै अालाेचित र अाराेपित बनाइदियाे । छानबिन प्रतिवेदनमा दाेषी किटान गरीएकाे छैन याे सन्दर्भमा जनताबाट चुनिएका जनप्रतिनिधीहरूबाट नै भ्रस्ट्रचार भएकाे हाे भन्न सकिने अवस्था रहेकाे छैन फलस्वरूप याे काण्ड अख्तियार दुरूपयाेग अनुशन्धान अायाेगकाे पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीले पनि अनुशन्धान गरीरहेकाे छ ।

इटहरीउपमहानगरमा निर्वा्िचत भएका जनप्रतिनिधीहरूले पहिलो कार्यपालीकाको बैठकबाट इटहरी विकासका निम्ति बिभिन्न महत्वकांक्षी याेजनाहरू बनाएका थिए । ति याेजनाहरूमध्ये केही अहिले कार्यानवयन सुरू हुदैछ भने केही याेजनामै सिमित बनेकाे छ ।

यस्तो थियो योजना

योजना अनुसार इटहरी उपमहानगरपालिकालाई नमुना बनाउनका निम्ति वार्डमा हरेक महिना सफाई अभियान चलाउने ,जनताको गुनासो प्रतक्ष्य बुझ्न र समाधान गर्नका निम्ति मासिक हेलो मेयर कार्यक्रम सञ्चालन गर्ने ,इटहरीबासीले भोग्दै आएको समस्या न्यूनीकरणका निम्ति एक महिना भित्र घुम्ती शौचालय सञ्चालन गर्ने, इटहरीलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न पर्यटक आवगमन हुने स्थानमा फ्रि वाईफाई जोन बनाउने , जेष्ठ नागरिकले भोग्दै आएको भत्ताका लागि घन्टौ बैंकमा लाइन बस्ने समस्यालाई मुक्त गर्न ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता घरघरमा पुर्याउने ,नगर क्षेत्रमा सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र नगरपालिकाबाट सञ्चालित स्वास्थ्य क्लिनिक बाट निःशुल्क औषधी वितरण गर्ने र नेपाल सरकारले स्वास्थ्य संस्था मार्फत प्रदान गर्दै आएको सुत्केरी भत्तामा केही रकम थप गर्न बजेट विनियोजन गर्ने पनि निर्णय गरेका थिए ।

कार्यपालीकाको बैठकबाट जारी गरीएको योजना अनुसार अहिले कुनै पनि काम इटहरीका जनप्रतिनिधीहरूबाट हुन नसकेपछि नगरवासीहरू आफै गाउ बिकास तथा सरसफाइमा लागेका छन । सडकको सामान्य खाल्डो पुर्ने देखी नगर क्षेत्रमा थु्प्रीएका फोहोर उठाउने सम्म जनप्रतिनिधीहरूलाई गिज्याउदै स्थानीयहरू आफै सकृिय रूपमा लागि परे फलस्वरूप ६ महिनाकाे उपलब्धी उनिहरूकालागि निरासजनक बनीन पुग्याे ।

कार्यपालिकाको बेठकबाट बनाइएका योजनाको एक छेउ पनि सुरूवात नगर्दा उपमहानगरवासीहरू जनप्रतिनिधीहरूप्रति निरास बनेका छन । महिनाको एक पल्ट नगरवासीहरूको गुनासो सुन्न हेललो मेयर कार्यक्रम चलाइने भनिएपनि त्यस्को तयारी समेत नहुदा नगरवासीहरूले आफ्नो गुनासो मेयर सम्म पुर्याउन पाएका छैनन ।

वडाध्यक्षहरूको ताल पनि उस्तै

यता सबैको आशाको किरण बनेका इटहरी उपमहानगर २० तरहराको चालापनि उस्तै देखिएको छ । नेपाली कांग्रेसबाट बिजयी हासिल गरेका मणी श्रेष्ठ लगायत जनप्रतिनिधीहरूले कार्यभार सम्हालेको ६महिना बितिसक्दापनि पनि त्यस्तो आशालाग्दो कुनै काम नगरेको ब्यवासइहरूले औल्याएका छन । तरहरा सुरूमा जस्तो थियो अहिले पनि उस्तै छ सुधारका कार्यहरू केही छैनन सुम्निमा स्टेसनरीका सञ्चालक खेमराज ओझा भन्छन ।त्यस्तै इटहरी वडा नं १९मा पनि केही बिकास तथा सुधारात्मक कार्यहरू भएका छैनन ।

त्यस्तै इटहरीकै हकमा मुख्य बजार क्षेत्रमा नेपाली कांग्रेसबाट बिजयी बनेका वाड नं ६का वडाध्यक्ष दिपक गौतमको प्यानलले पनि नगर क्षेत्रमा सुधारात्मक कार्यहरू केही गरेको भेटीएन । चाडपर्वको समयदेखि मुख्य सडकनै ब्यापारीहरूले कब्जा गरी पसल गरीरहदा समेत वडाध्यक्ष दिपक गौतम चुइक्क बोलन सकेका छैनन ।चुनाव जित्नु अघी म त्यो गर्छु र यो गर्छु भनेकाहरू आज चुनाव जिति सकेपछिपनि दुलो भित्र मुसो लुकेझै लुकेर बसेका छन भन्दा फरक नपर्ला ।

सुधारका कार्यहरू इटहरी उपमहानगरका केही क्षेत्रहरूमा देखिएपनि त्यस्लाई निरन्तरता दिन नसक्दा लथालिंग बनेका उदहारणहरूपनि प्रसस्तै छन । एक नं देखी २० नं वडा मध्ये केही वडाहरूमा हाल छिटफुट बिकासका कामहरू भने भइरहेका छन ।

यसाे भन्छन मेयर चाैधरी

इटहरी उपमहानगरका मेयर द्वारीकलाल चौधरीले भने यो कुरा सहजै स्विकार्न मान्दैनन । उनि भन्छन जनताले अपेक्षा गरे अनुरूप बिकासका कामहरू भएनन तर केही सुधारका कामहरू भइरहेका छन । सार्वजनीक जग्गाको खोजी गरी नगरपालीकाको स्वामित्वमा ल्याउने प्रयास जारी छ मेयर चौधरी थप्छन । कार्यपालीकाको बैठकबाट अघी सारीएका योजनाहरू आफ्नै पालामा कार्यानवयनमा ल्याउने चौधरीले थपे ।उनले सिएफएल प्रकरणमा छानविन समितिले प्रतिवेदन अाफुलाृइ बुझाइसकेकाेले यसकाे बिषयमा गम्भिर छलफल अघि बढाउने र दाेषीलाृइ कार्वाही गर्ने प्रतिबद्धता पनि जाहेर गरे ।

तपाईको प्रतिक्रिया