ताप्लेजुङ जिल्ला फुटबल संघको अध्यक्षमा साँवा

ताप्लेजुङ, २९ पुष / जिल्ला फुटबल संघ ताप्लेजुङको अध्यक्षमा बालकुमार साँवा निर्वाचित हुनुभएको छ । शनिबार सदरमुकाम फुङलिङमा भएको दोश्रो जिल्ला अधिवेशन अन्तरगत नेतृत्व चयनका लागि भएको निर्वाचनमा मोतिकुमार पतंवालाई तीन मत अन्तरले पराजित गर्दै साँवा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

जम्मा ११ जना मतदाता रहेकामा साँवाको पक्षमा ७ र पतंवाको पक्षमा जम्मा ४ मत मात्र खसेको थियो । यता संघको तीन उपाध्यक्षमा क्रमस हाङ्नारायण लिम्बु,
नरेन्द्र लिम्बु र चन्द्र थेवे निर्वाचित हुनुभएको छ । हाङ्नारायण १०, नरेन्द्र ९ र चन्द्र ७ मतका साथ निर्वाचित हुनुभएको जिल्ला फुटबल संघले जनाएको छ ।

यस्तै सदस्यहरुमा शैलेन्द्र गुरुङ, अम्बिका लिम्बु, दिनेश खबास, सुरेन निरौला, विजय लिम्बु, सुदिर लिम्बु, छम्बु गुरुङ, कमल लिम्बु र विन्दु तामाङ निर्वाचित
हुनुभएको बताईएको छ । संघको महासचिव र कोषाध्यक्ष भने निर्वाचित कार्य समितिले मनोनयन गर्ने प्रावधान रहेको छ । नेतृत्वका विषयमा सहमतिको
अधिकतम प्रयास भए पनि सहमति हुन नसके पछि निर्वाचनद्धारा शनिवार नेतृत्व चयन गरिएको हो ।

तपाईको प्रतिक्रिया