गोधुली कपमा धरान–१७ काे एतिहासिक जित

धरान २९ पौष / धरान–१७ ले वडास्तरीय अठारौं रेडबुल गोधुली कपमा एतिहासिक जित हात पारेको छ । एन्फा एकेडेमीको खेल मैदानमा शनिबारको फाइनल खेलमा धरान–८ लाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधि जितेको १७ ले नगद १ लाख रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । जितका लागि धरान–१७ का तपन कार्की, चाल्र्स राई र मिलन राईले गोल गरेका थिए ।

त्यस्तै उपविजेता बनेको धरान–८ ले नगद ५० हजार रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारेको छ । फाइलन खेलको म्यान अफ दी म्याच धरान–८ का संगम राई घोषित हुँदै नगद ५ हजार रुपैयासहित ट्रफी पाए । व्यक्तिगत पुरस्कार तर्फ वेष्ट गोलकिपरमा धरान–१७ का सुजन राई, बेष्ट डिफेन्समा १७ कै सुरज बिक, बेष्ट मिडफिल्डमा १७ का हेमन्त थापामगर, उदयिमान खेलाडीमा पनि १७ कै निरज सुनुवारले जित्दै नगद ५ हजार रुपैयासहित ट्रफी हात पारेका छन् । त्यस्तै खेल भरी ७ गोल गरेर सर्वाधिक गोलकर्ता बनेका धरान–१७ का तपन कार्की बन्दै नगद ७ हजार रुपैया जिते ।

अनुशासित टिममा धरान–२० घोषित हुँदै ट्रफी पाएको छ । खेलको सर्वोकृष्ट खेलाडी धरान–१७ का चाल्र्स राई घोषित हुँदै नगद १० हजार रुपैयासहित ट्रफी भए । विजेता तथा उपविजेता खेलाडीहरुलाई एन्फा केन्द्रीय उपाध्यक्ष किशोर राई, धरान उमपमहानगरका नगर प्रमुख तारा सुब्बा, आयोजक गोधुली क्लवका अध्यक्ष देशकुमार राईलगायतले पुरस्कार वितरण गरेका थिए ।

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

काेही नभएकाे मैका छोपी लठ्याउने औषधि सुँघाएर, विष खुवाएर लुट्ने महिला पक्राउ

धरान प्रज्ञा प्रतिष्ठानद्वारा बाल नाटक प्रतियोगिता अायाेजना

धनकुटाको नाम्जेमा ३ दिने खोजमूलक तथा जवाफदेहिता पत्रकारिता तालिम शुरु

धनकुटे रोड स्थित एक महिना अगाडि मात्रै उद्घाटन गरेकाे पुल भत्किने अवस्थामा, लापारबाही गर्ने ठेकेदार कम्पनीलाई कारबाहीकाे माग

बराहज्वेलरीको २४औं बार्षिकोत्सवको अवसरमा सेवा विस्तार गर्ने यस्ताे याेजना

जोगबनीमा भारतीय नेतामाथि गोली प्रहार (तस्विरहरू सहित)

गणतन्त्र दिवसका अवसरमा एकताको भाव झल्काउन फुटबल प्रतियोगिता

गर्मीका कारण बीपी प्रतिष्ठानमा बिरामीको संख्या बृद्धि

धरान तथा भेडेटारमा फस्टाउँदै यौन-व्यवसाय

धरानमा लागूअाैषध काराेबारी बढ्दै

तपाईको प्रतिक्रिया