बेलबारी नगरपालिकाको बजेट ६६ करोड 

 

 

बेलबारी । मोरङको बेलबारी नगरपालिकाको प्रथम अबिधेशनबाट चालु आर्थिक बर्ष २०७४ । ०७५ का लागी ६६ करोड ४ लाख ८२ हजार २ सय २८ रुपैँया ९२ पैसाको बजेट प्रस्तुत गरेको छ ।

शनिबार नगरपालिकाको प्रथम नगरअबिधेशनमा उपप्रमुख ढाकाकुमारी पराजुलीले प्रस्तावित बजेट र कार्ययोजना प्रस्तुत गरेकी छिन । कुल बिनियोजन मध्ये चालुखर्च तर्फ ४० करोड ८१ लख ६ हजार ३ सय ४ रुपैया ५९ पैसा र पुँजीगत तर्फ २५ करोड २३ लाख ७५ हजार ९ सय २४ रुपैँया ३३ पैसा रहेको छ । चालुखर्च तर्फ प्रशासनिक खर्च ७ करोड ४३ लाख ७२ हजार ३ सय ८७ रुपैँया,कार्यक्रम खर्चतर्फ ३३ करोड ३७ लाख ३३ हजार ९ सय १७ रुपैया रहेको छ ।

कुल बजेटको खुद प्रशासनिक खर्च ११.२६ प्रतिशत,कार्यक्रम खर्च ५०.५३ प्रतिशत,पुजिँगत खर्चतर्फ ३८.२१ प्रतिशत बजेट बिनियोजन गरिएको छ । नगरपालिकामा रहेका ११ वटा वडाहरुमा प्रत्येक वडामा ७५ लाख सिलिङ बजेट र ५ लाख प्रशासनिक खर्च गरी ८० लाखका दरले बजेट बिनियोजन गरिएको छ ।

तपाईको प्रतिक्रिया