राप्ती सोनारी गाउँपालिकाका लागि ६९१ योजना तर्जुमा

नेपालगञ्ज/ बाँकेका राप्तीसोनारी गाउँपालिकाले आव २०७४÷०७५ का लागि ६९१ योजना तथा कार्यक्रम तर्जुमा गरेको छ ।

सो गाउँपालिकाको वडा नं १ देखि ९ मा सञ्चालन गरिने विकास योजना शुरुवातको प्रक्रिया प्रारम्भ भइसकेको अध्यक्ष लाहुराम थारुले बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतकुमार मल्लका अनुसार, गाउँपालिकामा सडक, पुलपुलेसा, नदीमा तटबन्ध, विद्यालयको भौतिक पूर्वाधार, स्वास्थ्य संस्थाको विस्तार र विकास, बालबालिका तथा महिलाको सशक्तीकरण, कृषिको आधुनिकीकरणलगायतका योजना तथा कार्यक्रम तर्जुमा गरिएको छ ।

गाउँपालिकाले चालु आवको बजेट फ्रिज हुन नदिन सञ्चालित योजनाको निरन्तर अनुगमन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत मल्लले बताउनुभयो ।

तपाईको प्रतिक्रिया