अायुर्वेदिक ब्यवसायीहरूकाे बृहत भेला इटहरीमा सम्पन्न

इटहरी । नेपाल अायुर्वेद अाैषधी ब्यवसायी संघ प्रदेश नं एककाे बृहत भेला सुनसरीकाे इटहरीमा सम्पन्न भएकाे छ । एक नं प्रदेशमा रहेका अायुर्वेद ब्यवसायलार्इ थप सुढृड तथा ब्यवस्थित बनाउने उद्येश्यले उक्त भेला सम्पन्न गरीएकाे हाे । नेपाल अायुर्वेद अाैषधी ब्यवसायी संघ केन्द्रिय उपाध्यक्ष तथा प्रदेस नं एकका संयाेजक जाेगराज गिरीकाे अध्यक्षतामा बसेकाे भेलाले तत्काल पूर्वाञ्चलका १६ जिल्लाहरूमा संगठन बिस्तार गर्ने निर्णय समेत गरेकाे छ ।

भेलाले प्रदेश नं एककाे तिन जिल्लामा संयाेजक ताेकेर बाकिकाे संगठन बिस्तारकाे जिम्मा पनि साेही जिल्लाका संयाेजकहरूलार्इ दिएकाे छ । भेलाले सुनसरीमा तरहराका अायुर्वेद ब्यवसायी जगत बहादुर भट्टरार्इ , माेरङमा बिष्णु कार्की र झापामा ब्यवसायी रणदेव हजामलार्इ संयाेजक ताेकेकाे छ ।

ताेकिएका संयाेजकहरूले अा हाफ्नाे क्षेत्रमा संगठन बिस्तारमा जाेड दिदै अायुर्वेदीक ब्यवसायमा भएका बिकृतिहरूलार्इ निस्कृय बनाउन सम्बन्धित सराेकारवालाहरूमा ध्यानकर्षण गराउने जनाएका छन । तिन जिल्लामा संयाेजक ताेकिएपनि बाकिका जिल्लाहरूमा चाडैनै संगठन बिस्तार गरीने कार्यक्रममा जनाइएकाे छ ।

 

तपाईको प्रतिक्रिया

×