झापाकाे दमकमा दुर्इ बस जुद्धा चालक सहित १२ घाइते

झापा । झापाको दमकस्थित रतुवा पुलमा आज विहान मे १ ख १७१० नम्वरको वस र को १ ख ३६५९ बस एक आपसमा ठक्कर खाँदा चालक सहित वसमा सवार १२ यात्रु घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राइका अनुसार बाक्लो हुस्सेका कारण वस आपसमा ठोक्किएका थिए ।

वस ठोक्किए लगत्तै पछाडिबाट आइरहेको मे १ त ४७५४ नम्वरको ट्याक्टर पनि ठोक्किएको प्रहरीले जनाएको छ ।

दुई वस आपसमा जुद्धा को १ ख ३६५९ नम्वरका बस चालक सुनसरी मधुवनी –४ निवासी ५४ वर्षीय दुलाही चौधरी र मे १ त ४७५४ नम्वरको वसका चालक कनकाई नगरपालिका निवासी ३९ वर्षीय लक्ष्मण कुमाल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । वस जुधेपछि बसमै च्यापिएका चालकलाई क्रेनको सहायताले उद्धार गरिएको बताइएको छ ।

खोज र समसामयिक बिषयमा कलम चलाउनुहुने भण्डारी पूर्वेली न्युजका झापा सहकर्मी हुनुहुन्छ ।

सुरेन्द्र भण्डारीबाट थप

स्वर्गीय मदन ढकाललाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’

झापाकाे दमकमा दुर्इ बस जुद्धा चालक सहित १२ घाइते

झापामा एकै दिन व्राउनसुगर र खैरो हिरोइनसहित सात जना पक्राउ

मेचीनगरको वजेट एक अर्ब ३२ लाख

स्पिड ओभरसिजकी सञ्चालिका पक्राउ

अपराध नियन्त्रणका लागि बिर्तामोडमा चोक चोकमा सीसी क्यामेरा

जनता माविले यसरी ग-यो उपमेयरलाई विदाई

गुणस्तरहीन सघन शहरी विकास कार्यक्रम

श्रीमतीको हत्या आरोपमा पक्राउ

झापामा खाना पकाउने एलपी ग्यासकाे कालाेबजारी : प्रति सिलिण्डरमा २० रूपैया बढाएर बिक्रिबितरण

तपाईको प्रतिक्रिया