पानवारी भलिबल : महेन्द्र बहुमुखी पराजीत गर्दै सयपत्री बोइज दोस्रो चरणमा प्रवेश

धरान, २८ पौष / तेस्रो पानवारी भलिबल कपको आयोजक सयपत्री बोइज युनियन क्लब पनि दोस्रो चरणमा प्रवेश गरेको छ । आयोजकले धरानको महेन्द्र बहुमुखी क्याम्पसलाई सोझो सेटमा पराजीत गरी दोस्रो चरणमा प्रवेश गरेको हो । पहिलो सेट २५–१६ ले जितेको आयोजकले दोस्रो सेटमा धेरै मेहनत गर्नुपरेको थियो । अत्यन्तै प्रतिष्पर्धात्मक रहेको दोस्रो सेटमा आयोजकले महेन्द्र क्याम्पसलाई २७–२५ ले पराजीत गरेको थियो । खेलको म्यान अफ द म्याच आयोजक टीमका रोशन विक भएका थिए ।

त्यस्तै तेस्रो पानवारी भलिबल कपमा झापा टाइगर सेमिफाइनलमा पुग्न सफल भएको छ । झापा टाइगरले बाझगरा युवा भलिबल क्लबलाई पराजीत गरी सेमिफाइनलमा पुगेको हो । झापा टाइगरले पहिलो सेटमा कमजोर प्रदर्शन गर्दे १५–२५ मा बाझगरालाई सुम्पेको थियो भने त्यसपछिका दुवै सेटमा जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको हो । झापा टाइगरले दोस्रो सेटमा २५–११ मा बाझगरालाई पाखा लगाएको थियो भने तेस्रो सेट पनि २५–१५ ले पाखा लगाएको थियो । खेलको म्यान अफ द म्याच बाझगराका प्रविण राई घोषित भएका थिए ।

पानवारी भलिबल कप अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा १ नं. प्रदेश प्रहरी कार्यालय रानीले भोजपुरको भाविमूल युवा क्लबलाई पराजित गरी दोस्रो चरणमा प्रवेश गरेको छ । प्रहरीले पहिलो सेट २५–२१ ले गुमाएको भएपनि उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेटमा २५–१२ र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै खेल जितेको थियो । खेलको म्यान अफ द म्याच भाविमूल युवा क्लबका सन्तोष तामाङ घोषित भएका थिए ।

आजको पहिलो खेल १ नं. प्रदेश प्रहरी कार्यालय रानी र तरहरा युवा भलिबल क्लबका विच हुनेछ भने दोस्रो खेल आयोजक सयपत्री बोइज युनियन क्लब पानवारी र त्रिवेणी युवा भलिबल क्लब मोरङका विच हुने र तेस्रो खेल धरान भलिबल क्लब र फुङनाम स्पोर्टीङ क्लब इलामबीच हुने आयोजकले जानकारी दिएको छ ।

शुक्रबार भएको खेलबाट झापाको झापा टाइगर सेमिफाइनलमा पुगेको छ भने अन्य तीन टोली आज हुने खेलबाट सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको विजेता टिमले ३५ तोलाको चाँदीको रनिङ ट्रफिका साथै नगद रु ५१ हजार पुरस्कार प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले नगद रु ३१ हजार पुरस्कारका साथै ट्रफि र मेडल प्रदान गरिने आयोजक क्लबका अध्यक्ष सुनिल भण्डारीले बताउनुभयो । प्रतियोगितामा प्रदेश नं. १ का विभिन्न १२ टिमको सहभागिता रहेको छ भने प्रतियोगिताको फाइनल खेल यही माघ २ गते हुने आयोजकले जनाएको छ ।

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

उच्च स्तरिय छानविन आयोगद्वारा बीपीका उपकुलपति रौनियारसँग लियाे बयान

पूर्वका प्रमुख धार्मिक गन्तव्य स्थलको प्रचारका लागि बोलमेलामा सूचना केन्द्र राखिने

धरान १४ बाल मैत्री वडा घोषणा

धरानका दुई वडा बालमैत्री घोषणा भएपनि सडक बालबालिकाको अवस्था उस्तै

वीपी प्रतिष्ठान भ्रष्टाचार प्रकरण : मन्त्रिपरिषदले गठन गर्याे छानविन समिति

धरानका अधिकांश व्यापारीले उपभाेक्ताकाे स्वास्थ्यमा खेलबार्ड गरेकाे खुलासा, भाटभाटेनीमा भेटियाे कुहिएको सागसब्जी र फलफूल

प्रदेश सरकार किसानको हितमा काम गर्न प्रतिबद्ध : मुख्यमन्त्री राई

धरान १४ आजबाट पूर्ण खोप सुनिश्चितता घोषणा

धरान प्रहरीद्वारा हराएको मोवाइल बरामद गरी मोवाइल धनीलाई फिर्ता

खाजा भत्ता कटाएर धरानका प्रहरीद्वारा मृगौला पीडितलाई सहयोग

तपाईको प्रतिक्रिया