डा केसी रिहाइ माग : नागरिक समाज

विराटनगर, २५ पुस  / चिकित्सक गोविन्द केसीको रिहा गर्नुपर्ने माग गर्दै आज यहाँ कोणसभाको आयोजना गरिएको छ । नागरिक समाजद्वारा विराटनगरको ट्राफिक चौकमा भएको कोण सभामा विभिन्न संघसंस्थाका प्रतिनिधिले प्लेकार्ड बोकी डा केसीको अविलम्ब रिहा गर्नुपर्ने माग गरेका छन् ।

सभामा शान्ति समाज मोरङका डिकप्रसाद घिमिरे, नागरिक समाजका प्रा डिल्ली प्रसाईं, एलिट क्लबका राधाप्रसाद घिमिरे, पब्लिक फोरमका उत्तम ढुंगेल, युवानेता ओसिम आलम, नेपाल पत्रकार महासंघ मोरङका सचिव अर्जुन आचार्य र समाजका दिनेश श्रेष्ठलगायतले डा केसीले चालेको आन्दोलनमा आफूहरुको समर्थन रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया